भारतभर कांग्रेसको सत्याग्रहः भाजपासँग वाकयुद्ध

१३ चैत, एजेन्सी ।
भारतमा राहुल गांधीको लोकसभा सदस्यता रद्द भएपछि विपक्षी कांग्रेस पार्टी सत्तापक्षको विरुद्धमा कडारुपमा प्रस्तुत भएको छ । आइतबार कांग्रेसले देशभर ’संकल्प सत्याग्रह’ गर्दै प्रधानमंत्री नरेंद्र मोदी र बीजेपीमाथि निशाना साध्यो । कांग्रेसले बीजेपीमाथि राहुल र गांधी परिवारलाई बदनाम गराएको आरोप लगायो ।

’संकल्प सत्याग्रह’को क्रममा पार्टी अध्यक्ष मल्लिकार्जुन खडगे लगायतका प्रभावशाली नेताहरु दिल्लीस्थित महात्मा गांधीको समाधि राजघाटमा जम्मा भएका थिए । यसबीच राहुल गांधीले पनि आइतबार विहान आफ्नो ट्विटर बायोमा स्वयंलाई ’डिसक्वालिफाइड एमपी’ भनेर लेखे ।

यता राजघाटमा जुटेका कांग्रेस नेताहरुसहित राहुलकी बैनी तथा कांग्रेस महासचिव प्रियंका गांधीले मोदीको चर्को आलोचना गरिन् । प्रियंकाले भनिन्, “संसदमा मेरो पिताको अपमान गरिएको थियो । मेरो भाइलाई मीर जाफर जस्तो नाम दिइएको छ । मोदीका मन्त्रीहरुले संसदमा मेरी आमाको अपमान गरे ।

Advertisement

भाजपाका एक सीएमले त राहुल गांधी उनको पिता को हो भनेर समेत जान्दैनन् भने । तर यस्ता मानिसहरु र उनीहरुका अभिब्यक्तिविरुद्ध कुनै कारबाही हुँदैन । उनीहरुको सदस्यता रद्द हुँदैन । तर राहुल गांधीको मात्रै हुन्छ । उनले भनिन्, हाम्रो परिवारले यो देशका नागरिकहरुको लागि लड्यो, लोकतन्त्रलाई रगतले सिंचियो, तर अहिले परिवारवादको आरोप लगाइएको छ ।

यस्तै प्रियंकाले राहुललाई पप्पू भनेकोमा पनि आक्रोस पोखिन् । यस्तै उनले मिडियालाई पनि गोदी मिडिया नबन्न आग्रह गरिन् । यस्तै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले पनि मोदी र भाजपाविरुद्ध खनिए । उनले भने, “राहुल गांधीले कालो धन लिएर भागेका यी भगौडाहरुविरुद्ध आवाज उठाएका हुन् । उनले अब कांग्रेसले देशभर सयौं प्रदर्शन जारी राख्ने पनि बताए ।

Advertisement

उनले भने, हामी वाक स्वतन्त्रताका लड्छौ । उनले राहुलको साथमा उभिनका लागि सबै विपक्षी दलहरुलाई धन्यवाद पनि दिए । खडगेले भने, “राहुल गांधीलाई एक भाषणका लागि सजाय दिइयो तर मोदीले कयौं भाषणमा गांधी परिवार र कांग्रेसविरुद्ध बयान दिएका छन् । हामीले पनि उनीविरुद्ध मानहानिको मुद्या हालेर पाठ सिकाउनु पर्ने थियो जुन हामीले गरेनौ ।

आइतबार देशैभर दिन भरि चलेको कांग्रेसको विरोध प्रदर्शनप्रति यता बीजेपीले काउन्टर दियो । केंद्रमा सत्ताधारी बीजेपीले काउन्टर दिदै कांग्रेसका नेताहरुलाई अहंकारमा डुबेको आरोप लगायो र भन्यो काँग्रेसका नेताहरुले पिछडीएकाहरुलाई जातिगत गाली गर्छन् र माफी पनि माग्दैनन् ।

बीजेपी के राष्ट्रीय अध्यक्ष जेपी नड्डाले भने, “कांग्रेस सत्याग्रह गरिहेको छ । तर उसले जातिसूचक गाली दिने गरेको छ । बीजेपी अन्य नेताहरुले पनि कांग्रेसकोे ’संकल्प सत्याग्रह’ को औचित्यमाथि प्रश्न गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top