×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

ट्राफिकको मोटरसाइकल हटाउन पुगे विराटनगरका मेयर

१३ चैत्र २०७९

१३ चैत, विराटनगर ।

विराटनगर महानगरपालिकाले ट्राफिक प्रहरीले गरेको पार्किङलाई समेत हटाएको छ । महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा नगर प्रहरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सडक र फुटपाथमा ट्राफिक प्रहरीले राखेका सवारी साधनहरु हटाएको हो ।

Advertisement
Advertisement

विराटनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि सवारी पार्किङ गर्दा आवतजावतमा समस्या भएको भन्दै महानगरमा अत्यधिक गुनासो आएपछि मेयर कोइराला आफैं उपस्थित भएर ट्राफिक कार्यालय अगाडि पार्किङ गरेका सवारी हटाउन लगाएका हुन् ।

महानगर प्रहरीसहित पुगेका मेयर कोइरालाले सडकमा पार्किङ गरेका सवारीलाई तत्काल हटाउन निर्देशन र्दिका थिए । मेयरको निर्देशनपछि नगर प्रहरीले मोटरसाइकलहरु हटाएको थियो । सडकमा राखेका चारचक्के सवारी ट्राफिक आफैंले हटाएको थियो ।उनले ट्राफिक प्रहरी कार्यालय अगाडि फुटपाथका मोटरसाइकलसमेत हटाउन निर्देशन दिए ।

कारबाहीमा परेका सवारी साधनलाई ट्राफिक प्रहरीले कार्यालय अगाडिको सडक र फुटपाथमा राख्दै आएको थियो । महानगरले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेध गरेकाले ट्राफिक प्रहरी कार्यालय अगाडिको सडकमा पार्किङ गर्दा गलत सन्देश जाने भन्दै ट्राफिक प्रमुख सुनिलकुमार श्रेष्ठलाई मेयर कोइरालाले अबदेखि पार्किङ नगर्न आग्रह गरेका छन् ।

नियम कानुन सबैलाई बराबर लाग्ने भन्दै मेयर कोइरालाले विराटनगरलाई व्यवस्थित बनाउने अभियानमा आफूहरु लागेको बताए । विराटनगरवासीले बजारलाई पार्किङ निषेध गरे पनि ट्राफिक कार्यालय अगाडि गर्न नसकेको भन्दै धेरै नै गुनासो गरेका कारण आफैं उपस्थित भएर सवारी साधन हटाएको उनको भनाइ थियो ।

जनगुनासोलाई सम्बोधन गर्दै अबदेखि ट्राफिक कार्यालय अगाडिको सडकलाई पनि पार्किङ निषेध गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुनिलकुमार श्रेष्ठले ठाउँ अभावका कारण विगतदेखि नै राख्दै आए पनि अबदेखि व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् ।

ट्राफिक व्यवस्थापन गर्ने निकायकै कार्यालय अगाडिको सडकमा अव्यवस्थित पार्किङ गर्नु लाजमर्दो भएको स्थानीयको भनाइ छ । स्थानीयले मेयर कोइराला आफैं उपस्थित भएर ट्राफिक प्रहरी कार्यालय अगाडि वर्षौंदेखि गर्नै आएको सवारी पार्किङ हटाएकोमा स्थानीयले खुसी व्यक्त गरेका थिए ।

विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पछिल्लो समय पार्किङ व्यवस्थापनलाई कडाइका साथ कार्यान्वयनमा ल्याएको छ । विराटनगरको मुख्य बजार क्षेत्रमा पनि पार्किङ निषेध गरिएको छ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top