१३ चैत, एजेन्सी ।
भारतमा राहुल गांधीको लोकसभा सदस्यता रद्द भएपछि विपक्षी कांग्रेस पार्टी सत्तापक्षको विरुद्धमा कडारुपमा प्रस्तुत भएको छ । आइतबार कांग्रेसले देशभर ’संकल्प सत्याग्रह’ गर्दै प्रधानमंत्री नरेंद्र मोदी र बीजेपीमाथि निशाना साध्यो । कांग्रेसले बीजेपीमाथि राहुल र गांधी परिवारलाई बदनाम गराएको आरोप लगायो ।
’संकल्प सत्याग्रह’को क्रममा पार्टी अध्यक्ष मल्लिकार्जुन खडगे लगायतका प्रभावशाली नेताहरु दिल्लीस्थित महात्मा गांधीको समाधि राजघाटमा जम्मा भएका थिए । यसबीच राहुल गांधीले पनि आइतबार विहान आफ्नो ट्विटर बायोमा स्वयंलाई ’डिसक्वालिफाइड एमपी’ भनेर लेखे ।
यता राजघाटमा जुटेका कांग्रेस नेताहरुसहित राहुलकी बैनी तथा कांग्रेस महासचिव प्रियंका गांधीले मोदीको चर्को आलोचना गरिन् । प्रियंकाले भनिन्, “संसदमा मेरो पिताको अपमान गरिएको थियो । मेरो भाइलाई मीर जाफर जस्तो नाम दिइएको छ । मोदीका मन्त्रीहरुले संसदमा मेरी आमाको अपमान गरे ।
भाजपाका एक सीएमले त राहुल गांधी उनको पिता को हो भनेर समेत जान्दैनन् भने । तर यस्ता मानिसहरु र उनीहरुका अभिब्यक्तिविरुद्ध कुनै कारबाही हुँदैन । उनीहरुको सदस्यता रद्द हुँदैन । तर राहुल गांधीको मात्रै हुन्छ । उनले भनिन्, हाम्रो परिवारले यो देशका नागरिकहरुको लागि लड्यो, लोकतन्त्रलाई रगतले सिंचियो, तर अहिले परिवारवादको आरोप लगाइएको छ ।
यस्तै प्रियंकाले राहुललाई पप्पू भनेकोमा पनि आक्रोस पोखिन् । यस्तै उनले मिडियालाई पनि गोदी मिडिया नबन्न आग्रह गरिन् । यस्तै कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले पनि मोदी र भाजपाविरुद्ध खनिए । उनले भने, “राहुल गांधीले कालो धन लिएर भागेका यी भगौडाहरुविरुद्ध आवाज उठाएका हुन् । उनले अब कांग्रेसले देशभर सयौं प्रदर्शन जारी राख्ने पनि बताए ।
उनले भने, हामी वाक स्वतन्त्रताका लड्छौ । उनले राहुलको साथमा उभिनका लागि सबै विपक्षी दलहरुलाई धन्यवाद पनि दिए । खडगेले भने, “राहुल गांधीलाई एक भाषणका लागि सजाय दिइयो तर मोदीले कयौं भाषणमा गांधी परिवार र कांग्रेसविरुद्ध बयान दिएका छन् । हामीले पनि उनीविरुद्ध मानहानिको मुद्या हालेर पाठ सिकाउनु पर्ने थियो जुन हामीले गरेनौ ।
आइतबार देशैभर दिन भरि चलेको कांग्रेसको विरोध प्रदर्शनप्रति यता बीजेपीले काउन्टर दियो । केंद्रमा सत्ताधारी बीजेपीले काउन्टर दिदै कांग्रेसका नेताहरुलाई अहंकारमा डुबेको आरोप लगायो र भन्यो काँग्रेसका नेताहरुले पिछडीएकाहरुलाई जातिगत गाली गर्छन् र माफी पनि माग्दैनन् ।
बीजेपी के राष्ट्रीय अध्यक्ष जेपी नड्डाले भने, “कांग्रेस सत्याग्रह गरिहेको छ । तर उसले जातिसूचक गाली दिने गरेको छ । बीजेपी अन्य नेताहरुले पनि कांग्रेसकोे ’संकल्प सत्याग्रह’ को औचित्यमाथि प्रश्न गरेका छन् ।