अमेरिकामा जन्मेका बालक तिब्बती धार्मिक नेता

१४ चैत, एजेन्सी ।
अमेरिकामा जन्मेका ८ वर्षीय मङ्गोलियन बालकले तिब्बतको तेस्रो आध्यात्मिक नेताका रूपमा मान्यता प्राप्त गरेका छन् ।अब ८ वर्षीय मंगोलियाली बालक तिब्बतको तेस्रो धार्मिक नेता बन्नेछन् । तिब्बती आध्यात्मिक नेता दलाई लामाले मङ्गोलियन ती बालकलाई तेस्रो सर्वोच्च आध्यात्मिक नेताको रूपमा मान्यता दिएका छन् ।

Advertisement

यी बच्चा जुम्ल्याहा मध्ये एक हुन् । उनी १०औँ खलखा जेत्सुन धम्पा रिन्पोछे भनेर चिनिन्छन् । नयाँ धर्मगुरुलाई भेट्ने समारोह मार्च ८ मा हिमाचल प्रदेशको धर्मशालामा भएको थियो तर केही ढिलोगरी यो खबर सार्वजनिक भएको हो ।

Advertisement

तेस्रो सर्वोच्च आध्यात्मिक नेताको रूपमा मान्यता दिएपछि दलाई लामाले भनेका छन्, हाम्रा पुर्खाहरूको चक्रसंवरको कृष्णाचार्य वंशसँग गहिरो सम्बन्ध थियो। यी मध्ये एकले मंगोलियामा मठ पनि स्थापना गरेका थिए । यस्तो अवस्थामा मंगोलियामा तेस्रो धार्मिक नेतासँग भेट हुनु निकै शुभ मानिन्छ । दलाई लामाको यो कदम राजनीतिक रूपमा महत्त्वपूर्ण छ।

Advertisement

तिब्बतमा कुनै विद्रोहको सम्भावना नहोस् भनेर चीन तिब्बती बौद्ध धर्मको परम्परा अनुसार आफ्ना जनतालाई नियुक्त गर्न चाहन्छ। चीन सरकारले छनोट गर्ने बौद्ध शिक्षकलाई मात्र मान्यता दिने चीनले जनाएको छ । समारोहमा ५ हजार भिक्षु , भिक्षुणी, ६ सय मंगोलियन र अन्य सदस्यहरू उपस्थित रहेका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top