ऋण मिनाहा नगरे आन्दोलन गर्ने मेयर हर्कको चेतावनी

१६ चैत , विराटनगर ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले धरान खानेपानी आयोजनाको ऋण मिनाहा नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । मेयर साम्पाङले आन्दोलनरत मिटरब्याजी पीडितहरूको प्रसंग जोड्दै सरकारले आफैले मिटरब्याजी जस्तै चर्को ब्याज आफूहरूबाट अशुलेको बताएका छन् ।

एसियाली विकास बैंक(एडिबी)बाट १ प्रतिशत व्याजमा ऋण लिएर धरानका जनतालाई ५ प्रतिशतमा दिएको बताउँदै उनले मिनाहा नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । मेयर साम्पाङले ऋण मिनाहाका लागि आफूले पटक–पटक सम्बन्धित मन्त्रालयलाई अनुरोध गरेपनि यसको सुनुवाइ नभएको गुनासो समेत गरेका छन् ।

धरानमा सरकारले एसियाली विकास बैंक (एडिबी) को अनुदान तथा ऋण सहयोगमा खानेपानी आयोजना सम्झौता गरेको थियो । बिहीबार सामाजिक सञ्जालमा मेयर साम्पाङ लेख्छन्,’मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडिबीको ऋणमासमेत नेपाल सरकार आफैले त्यसो गरेको छ ।

Advertisement

१% मा लिएर ५% मा हाम्लाई दिएको छ । यो ऋण मिनाह गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरें तर सुनुवाइ भएन । ध्यान जावोस यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ ।’ तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौँ पुगेका मिटरब्याज पीडितहरूले सोमबारदेखि प्रदर्शन गरिरहेका छन् ।

सुरुमा खुल्लामञ्च बाहिर प्रद्धर्शन गरेका उनीहरूले त्यसयता पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, माइतीघरलगायतका ठाउँमा विरोध प्रदर्शन गरिरहेका छन् । पीडितहरूको माग पूरा गर्न हिजो बसेको प्रतिनिधिसभा बैठकमा पनि सांसद्हरूले माग गरेका थिए । उनीहरुका माग सम्बोधन गर्न सरकारले वार्ता समिति पनि बनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top