भीम रावललाई विष्णु पौडेलले दिए चेतावनी

१७ चैत, काठमाण्डौ ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले एमाले नेता भीम रावललाई सच्चिन चेतावनी दिएका छन् । प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले १० औँ महाधिवेशनपछि नेता रावल पार्टीको विधि विधानभन्दा बाहिर गएको आरोप लगाए ।

‘उहाँ १० औँ महाधिवेशनपछि पार्टीको विधि विधान मान्न थाल्नुभएन, केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत गर्दा पनि उहाँले स्वीकार गर्नुभएन’, पौडेलले भने ‘त्यसयता अहिलेसम्म पनि उहाँले पार्टीको नीति र नेतृत्व मान्नु भएको छैन । ’ रावललाई अझै पनि पार्टीको गतिविधिमा फर्किन पौडेलले सुझाव दिए ।

Advertisement

अझै पार्टीविरोधी गतिविधिलाई अगाडि बढाए वा आत्मालोचना नगरे पार्टीले थप कदम चल्न सक्ने पौडेलले चेतावनी दिएका छन् । ‘हाम्रो भीम रावलजीले पार्टीको अनुशासनको दृष्टिकोणले पार्टीको एउटा जिम्मेवार सदस्यले निर्वाह गर्ने कर्तव्यको दृष्टिकोणले उहाँ विगतमा लामो समयसम्म पार्टीको नेतृत्वदायी कमिटीमा रहेर काम गरेको पदाधिकारीको हैसियतले उहाँले पार्टी सदस्यको कर्तव्य निर्वाह गर्नुभएको छैन ।

पार्टीको निर्णय मान्नुभएको छैन, उहाँले पार्टीको अनुशासन उल्लंघन गर्नुभएको छ । उहाँले पार्टीलाई कमजोर पार्ने, गतिविधि उहाँबाट भइरहेका छन् । उहाँले एकपछि अर्को गल्ती गर्नुभएको छ ’, पौडेलले भनेका छन् । उनले अहिलेको गठबन्धन सरकार लामो समय रहन नसक्ने जिकिर गरे ।

Advertisement

अहिलेको सरकार जनविरोधी भएको भन्दै पौडेलले भने, ‘यो सरकारको भविष्य छैन ।’ पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गरे । पौडेलले आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको भन्दै एमालेले गठबन्धन भत्काउने महशुस गरे केही हप्ताको मात्रै खेल रहेको बताए ।

दुई दिन अघि मात्रै महाधिवेशनको तुसले प्रतिनिधिसभाको निर्वाचनमा टिकट समेत नपाएपछि नेकपा एमालेमा निष्क्रिए जस्तै देखिएका एमाले नेता भीम रावलले अहिलेपनि आफूलाई पार्टीबाटै बेदखल गर्ने प्रयास भएको भन्दै पौडेलप्रति आक्रोशित बनेका थिए । आफूलाई एमालेमा बस्न नदिने उद्देश्यले घचेटिने काम भइरहेको उनले जनाएका छन् ।

आफूलाई यसरी नै घचेटिरहे नयाँ पाइला चाल्ने पनि उनले चेतावनी दिएका छन् ।उनले अछाममा सोमबार आयोजित एक कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले भीम रावलले एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग भेटेको र पार्टीमा असहयोग गरेको भनेर आरोप लगाएका थिए । यसको जवाफमा भीमले पौडेल अछाम आउन लागेको जानकारी नदिइएको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top