आज देशभर बदली, हावाहुरीसहित पानी पर्ने

१७ चैत, काठमाण्डौ ।
मौसममा आएको बदलीसँगै बुटवलमा दिउँसै अँध्यारो भएको छ । साढे ११ बजेदेखि सामान्य वर्षासँगै बुटवलमा दिउँसै अन्धकार भएको हो । अहिले भीषण वर्षा सुरु भएको छ । वर्षासँगै आकाश पुरै बादलले ढाकेकाले दिउँसै अन्धार भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

Advertisement

अहिले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शुक्रबार राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top