थ्री नेसन्सको उपाधिका लागि नेपाल र लाओस भिड्दै

१७ चैत, एजेन्सी ।

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा आज नेपाल र लाओस प्रतिस्पर्धा गर्दैछन् । यी दुई टोलीबीचको फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । नेपाली टोली आज लाओसविरुद्ध अपराजित यात्रा कायम राख्दै उपाधि जित्न चाहन्छ ।

जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । घरेलु मैदानमा खेल्न लागेकाले नेपाली टोलीमा आत्मविश्वास बढेको छ । यद्यपि राम्रो प्रदर्शन गरिरहेको लाओसविरुद्ध नेपाललाई सहज जित निकाल्न भने कठिन हुनसक्छ । लाओसले अघिल्लो खेलमा मात्र भुटानलाई २–१ ले हराएको थियो ।

Advertisement

जबकि नेपालले भुटानविरुद्ध १–१ को बराबरी खेल्यो । टोलीका महत्वपूर्ण सदस्य अञ्जन विष्ट र पुजन उपरकोटी फाइनल गुमाउने भएपछि नेपाल केही समस्यामा छ । अञ्जन चोट र पुजन दोहोरो पहेँलो कार्डका कारण फाइनल गुमाउने भएका हुन् । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेता टोलीले ३ हजार डलर पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् । लाओसविरुद्ध नेपालले हालसम्म तीन खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले लाओसविरुद्ध हारको सामना गरेको छैन । नेपालले सन् २०१६ मा पहिलोपटक लाओसको सामना गरेको थियो । १६ मे २०१६ मा नेपालले लाओसविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो ।

Advertisement

जसमा नेपालले लाओससँग १–१ खेल्यो । नेपालले दोस्रोपटक १२ नोभेम्बर २०१६ मा लाओसविरुद्ध खेलेको थियो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा लाओसलाई ३–० ले हराएको थियो । लाओसविरुद्ध नेपालको तेस्रो भेट जारी थ्री नेसन्सकै पहिलो खेलमा भएको थियो । जसमा नेपाल २–० ले विजयी भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top