एक जना यात्रु बोकेर फेरि उड्यो ४७ सिटे बुद्ध एयर

१९ चैत , काठमाण्डौ ।
बुद्ध एयर शनिबार साँझ साढे बजे एक्लो यात्रु बोकेर विराटनगरबाट काठमाडौं उड्यो। सो उडानका भाग्यमानी यात्रु भने नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा जसपा नेता शम्भु झा रहेका थिए । विमानबाट एक्लै यात्रा गरेपछि उनले सामाजिक संजालमा तस्विरसहित लेखेका छन्, हिजो राती ४७ सीटको बुद्ध एयरको ८ बजेर २५ मिनेटको विराटनगर–काठमाडौं यात्रामा एक्लै आऊने अवसर पाएँ।

एयर होस्टेजका अनुसार यो जहाजमा यस्तो अवसर पहिलो पटक भएको हो। तर झाले उल्लेख गरे अनुशार बुद्धमा यस्तो अवसर पहिलो पटक भने होइन यसअघि गएको कात्तिमा बुद्ध एयरमै यस्तो अवसर राप्रपा नेता उद्धब पौडेलले पाएका थिए । उनी काठमाडौंबाट विराटनगरको उडानमा एक्लो यात्री थिए ।

जहाजमा एक्लै बसेको फोटो खिचेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ‘आज काठमाडौंबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु, रोमाञ्चक अनुभव।’ एक्लै बुद्ध एयरबाट काठमाडौं गएका झा भने पत्रकार निरज मंडलको स्वास्थ्य अवस्था बुझ्न न्युरो हस्पिटल विराटनगर आएका थिए ।

Advertisement

निरज तीन दिन अघि भारदहमा कोशी पश्चिम नहरको वाटोमा दुईटा मोटरसाइकल एकआपसमा ठक्कर खादा घाईते भएका थिए । हुन त विश्वका धनाढ्यहरू आफ्नै निजी जहाजमा यात्रा गर्छन्, तैपनि उनीहरू जहाजमा एक्लै हुँदैनन्। त्यहाँ निजी सुसारेदेखि अंगरक्षकसम्म हुने गर्छन्। तर यस्तो अवसर पछिल्लो समय पौडेल र झाले बुद्ध एयरमा पाएका छन् ।

पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडान गर्ने वायुसेवालाई केही जहाज बाहिरका एयरपोर्टमा रात्रिकालीन पार्किङ गर्न निर्देशन दिएको छ। राति काठमाडौंबाट जहाज पार्किङ गर्न बाहिरका विमानस्थलमा लैजाँदा पनि यात्रु नै नहुने, भए पनि अत्यन्तै कम हुने गरेको वायुसेवा कम्पनीहरु बताउँछन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top