१९ चैत , काठमाण्डौ ।
बुद्ध एयर शनिबार साँझ साढे बजे एक्लो यात्रु बोकेर विराटनगरबाट काठमाडौं उड्यो। सो उडानका भाग्यमानी यात्रु भने नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष तथा जसपा नेता शम्भु झा रहेका थिए । विमानबाट एक्लै यात्रा गरेपछि उनले सामाजिक संजालमा तस्विरसहित लेखेका छन्, हिजो राती ४७ सीटको बुद्ध एयरको ८ बजेर २५ मिनेटको विराटनगर–काठमाडौं यात्रामा एक्लै आऊने अवसर पाएँ।
एयर होस्टेजका अनुसार यो जहाजमा यस्तो अवसर पहिलो पटक भएको हो। तर झाले उल्लेख गरे अनुशार बुद्धमा यस्तो अवसर पहिलो पटक भने होइन यसअघि गएको कात्तिमा बुद्ध एयरमै यस्तो अवसर राप्रपा नेता उद्धब पौडेलले पाएका थिए । उनी काठमाडौंबाट विराटनगरको उडानमा एक्लो यात्री थिए ।
जहाजमा एक्लै बसेको फोटो खिचेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए ‘आज काठमाडौंबाट विराटनगरसम्मको बेलुकी ८ बजेको बुद्ध एयरको उडानमा म एकल यात्रु, रोमाञ्चक अनुभव।’ एक्लै बुद्ध एयरबाट काठमाडौं गएका झा भने पत्रकार निरज मंडलको स्वास्थ्य अवस्था बुझ्न न्युरो हस्पिटल विराटनगर आएका थिए ।
निरज तीन दिन अघि भारदहमा कोशी पश्चिम नहरको वाटोमा दुईटा मोटरसाइकल एकआपसमा ठक्कर खादा घाईते भएका थिए । हुन त विश्वका धनाढ्यहरू आफ्नै निजी जहाजमा यात्रा गर्छन्, तैपनि उनीहरू जहाजमा एक्लै हुँदैनन्। त्यहाँ निजी सुसारेदेखि अंगरक्षकसम्म हुने गर्छन्। तर यस्तो अवसर पछिल्लो समय पौडेल र झाले बुद्ध एयरमा पाएका छन् ।
पछिल्लो समय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आन्तरिक उडान गर्ने वायुसेवालाई केही जहाज बाहिरका एयरपोर्टमा रात्रिकालीन पार्किङ गर्न निर्देशन दिएको छ। राति काठमाडौंबाट जहाज पार्किङ गर्न बाहिरका विमानस्थलमा लैजाँदा पनि यात्रु नै नहुने, भए पनि अत्यन्तै कम हुने गरेको वायुसेवा कम्पनीहरु बताउँछन्।