ईयुकी अध्यक्षको आँखा नेटो महासचिवको कुर्सीमा

१९ चैत, एजेन्सी ।
युरोपेली आयोग (ईयु)की अध्यक्ष उर्सुला भोन डर लेयनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो)को महासचिव अथवा प्रमुख पदका लागि दाबेदारी गरेकी छन् । नेटोका वर्तमान महासचिव जेन्स स्टोल्टेनबर्गको कार्यकाल आउँदो सेप्टेम्बर ३० मा सकिँदै छ । तीन पटक गरी करिब ९ वर्षसम्म पदमा रहेका स्टोल्टेनबर्गपछि यो पद सम्हाल्न युरोपेली युनियन(ईयु)की प्रमुख उर्सुला भोन डर लेयन पनि उत्सुक भएकी हुन् ।

नेटोको प्रमुखका लागि कुनै औपचारिक निर्वाचन हुँदैन । ३० सदस्यीय गठबन्धनले सहमतिबाट नयाँ लिडर चयन गर्नेछन् । तर, बेलायती सञ्चार माध्यमका अनुसार ऋषि सुनकको सरकारले उनको नेतृत्वविरुद्ध भिटो गर्नसक्ने बताइएको छ । जर्मन सशस्त्र बलको इन्चार्जको रूपमा उनको कमजोर भूमिकालाई लिएर बेलायतले विरोधी कदम चाल्नसक्ने भएको हो ।

ईयुकै नेतृत्वमा रहँदाको भूमिका कोभिड–१९को महामारीका बेला अर्बाैं डलरको खोपसम्झौता प्रकरण र अन्य विभिन्न काण्डमा मुछिएकी उर्सुलाको नेटोको लिडरको रुपमा लिने भूमिकामाथि भने प्रश्न उठ्ने देखिन्छ । यसैबीच, इस्टोनियाकी प्रधानमन्त्री काजा कालास र क्यानडाकी अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्ड पनि नेटोको प्रमुख पदको दौडमा रहने बताइएको छ । उत्तर एट्लान्टिक सन्धि संगठन नेटो एक रक्षा गठबन्धन हो। यो वर्ष १९४९ मा गठन भएको थियो।

Advertisement

यो संगठनमा अमेरिका, बेलायत, क्यानडा र फ्रान्स जस्ता देशहरू सामेल छन्। यदि कसैले यस संगठनका देशहरूमा आक्रमण गरेमा सबै सदस्य राष्ट्रहरूले एकअर्कालाई सहयोग गर्नेछन् र विरोधी देशलाई मिलेर आक्रमण गर्नेछन्। युरोपलाई रुसबाट जोगाउन नेटोको सुरुवात भएको थियो र आज नेटोमा जम्मा ३० सदस्य राष्ट्र छन् । जुन अब फिन्ल्याण्ड समेत आबद्ध भएपछि बढेर ३१ पुग्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top