कोशीमा सरकार फेर्ने खेल,सरकारमा बसेर आन्दोलनलाई समर्थन

२३ चैत, काठमाण्डौ ।
कोशी प्रदेशमा नामको विषयमा भइरहेको आन्दोलनलाई नेकपा माओवादी केन्द्रले आफ्नो पक्षमा डाइभर्ट गर्ने रणनीति बनाएको छ । कोशी नाममा प्रदेशसभाबाट बहुमतले पारित गर्दा मत खसालेको माओवादीे केन्द्रले अहिले भने आफ्नो सो निर्णयबाट पछि हटेको छ ।

पहिचान पक्षधरहरुको आन्दोलन बढ्दै जाँदा र यहीबीच केन्द्रमा सत्ता समीकरणमा परिवर्तन आएर प्रदेश सरकार पनि परिवर्तन हुने मोडमा पुग्दा माओवादीले यसलाई आफ्नो सरकार बनाउँने र त्यसको जस लिने रुपमा प्रयोग गर्न खोजेको विश्लेषण गरिएको छ । कोशीमा माओवादीका १३ सांसद छन् ।

माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १२ जनाले कोशीको पक्षमा मतदान गरेका थिए । तर बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ । त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो कमजोरी भएको छ ।’

Advertisement

नामाकरणपछि पहिचानको आन्दोलनको क्रममा मृत्तक भएकालाई सहिद घोषणा गर्न र राहतको लागि सरकारसँग माग गरेको छ । यस्तै आज प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि कोशी प्रदेशको नाम सच्याउन पहल गर्ने बताएका छन् ।

सबैभन्दा पहिले पहिचानको मुद्दा उठाउने पार्टी माओवादी भएको र त्यसलाई आफूहरुले अझै नछाडेको भन्दै प्रचण्डले पार्टीको तर्फबाट नाम सच्याउन पहल गर्ने बताएका हुन् । तत्कालीन एक नम्बर प्रदेशको नाम ‘कोशी प्रदेश’ राख्नुपर्ने पक्षमा प्रदेश सभामा मतदान गरेको माओवादी केन्द्र त्यसको एक महिनापछि नामांकन सच्याउने पक्षमा उभिएपछि आन्दोलनबाट पार्टीले लाभ लिने रणनीतिमा माओवादी रहेको बुझ्न सकिन्छ।

Advertisement

यसका लागि पार्टी भित्रैबाट पनि विरोध भएपछि माओवादी केन्द्र पहिचानका आधारमा पुनः नामांकन गर्नुपर्ने पक्षमा पुगेको हो । यही क्रममा माओवादी केन्द्रका नेता सुरेश आलेमगरसहित कोशी प्रदेशका माओवादी केन्द्रका केन्द्रीय सदस्यहरु र मोर्चाका नेताहरुको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र ग्रहण गर्दै प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेशको पक्षमा प्रदेश सभामा मतदान गर्ने नीति पार्टी केन्द्रको नभएको बताएका थिए । पहिचान पक्षधरले कोशी प्रदेशको नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन् । नामकरणको विरोधमा रहेका राजनीतिक दल र संघसंस्थाहरुले २५ चैतपछि ‘निर्णायक’ आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आन्दोलनमा माओवादी केन्द्रले पनि ऐक्यबद्धता जनाएको छ । आन्दोलनको क्रममा यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी प्रहारबाट घाइते भएका ४२ वर्षीय पदमबहादुर लिम्बु (लाजेहाङ्ग)को उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । यो घटनालगत्तै प्रधानमन्त्री प्रचण्डले आन्दोलनरत पक्षका प्रतिनिधिहरुसँग भेटेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

सम्बन्धित समाचार

Scroll to Top