×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

बालेनको निर्देशन पछि उठेन सिंहदरबारको फोहोर

२६ चैत्र २०७९

२६ चैत, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक संजालमा गरेको घोषणा बमोजिम आजबाट सिंहदरबारको फोहोर उठ्न बन्द भएको छ । हिजो शनिबार भएकाले बालेनको घोषणा आजबाट कार्यान्वयन भएको देखिएको छ । महानगर स्रोतका अनुसार सिंहदरबारमात्र नभएर प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति निवास शीतल निवासको समेत फोहोर नउठाउन निजी कम्पनीहरूलाई निर्देशन दिइएको छ।

निजी कम्पनीहरूले ती स्थानको फोहोर उठाएर टेकुमा ल्याउने गर्छन् । टेकुबाट महानगरले तिनपिप्लेमा लैजान्छ । यदि जबरजस्ती फोहोर उठाइएमा टेकुमा खसाल्न नदिने चेतावनीसमेत महानगरले दिएको बताइएको छ । महानगरलाई भइरहेको ‘असहयोग’ बारे सरकारले कुनै प्रतिबद्धता नगरुञ्जेल फोहोर नउठाएर दबाब दिने रणनीति मेयरले लिएका हुन् ।

Advertisement
Advertisement

हिजो शनिबार मेयर शाहले फेसबुकमा लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए । उनले साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने बताएका थिए । शनिबार एकपछि अर्को स्टास लेख्दै बालेनले सरकारमाथि निशाना साधेका थिए । फेसबुक एकाउण्ट र पेजमा फरक–फरक स्ट्याटस लेख्दै संघीय सरकारमाथि खनिएका थिए ।

उनले आप्नो फेसबुक एकाउण्टबाट सरकारको कुनै इज्जत नगर्ने बताएका थिए । ’इण्डिया र चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन् म’ मेयर बालेनले फेसबुक अकाउण्टबाट प्रश्न गरेका छन् ’नेपाल स्वाधीन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन ?’ त्यसपछि बालेन नेपाल प्रहरीमाथि जाइलागे । उनले फुटपाथ मिचेर प्रहरी बिट बनाएको भन्दै आक्रोश पोखे ।

महानगरपालिका भित्र फुटपाथ मिचेर बनाइएको भन्दै प्रहरी बिटहरुको तस्विर पनि उनले सार्वजनिक गर्दै लेखे, ‘फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन । सबैका लागि हो र हुनु पर्छ’, उनले फेसबुकमा लेखेका छन, ‘कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ ।

त्यो संरचना प्रहरी आफैले हटाउनुहोला, नत्र समतामूलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’ मेयर बालेनले केही समयअघिदेखि सरकारले असहयोग गर्दै आएको बताएका थिए । दुई दिनअघि पनि गैरीगाउँमा रहेको सुकुम्वासी बस्तीमा डोजर चलाउन उनी असफल भएका थिए ।

सुकुमवासी बस्तिमा डोजर चलाउने बालेनको योजना गृहमन्त्रालय र प्रहरीको असहयोगका कारण असफल भएको थियो । डोजर ल्याउने बाटोमा स्थानीयवासीले अवरोध गरेपछि बालेनले प्रहरीको सहयोग खोजेका थिए । उनी आफैं सिनामंगलस्थित सशस्त्र प्रहरीको गणमा पुगेर सहयोग मागे । तर, सशस्त्रले माथिको आदेश नभएको भन्दै आफ्नो लाचारी दर्शाएपछि बालेन निराश भएका थिए ।

Advertisement

यसको झोक उनले सामाजिक सञ्जालमा पोखेका हुन् । तर बालेनको यस्तो स्टासप्रति राजनीतिक दलका नेताहरुले भने गैरजिम्मेवार हर्कत भएको प्रतिक्रिया दिएका छन् । यद्यपि सामाजिक सञ्जालका आमप्रतिक्रियाहरूमा भने उनकै पक्षमा समर्थन देखिन्छ । बालेनको सचिवालयले भने एक–दुई दिनमा यसबारे आधिकारिक जानकारी दिइने बताएको छ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top