२ करोड माग्ने सांसदलाई रास्वपाले दियो २४ घण्टे पत्र

Share this
791shares

२६ चैत, काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ। रास्वपाका महामन्त्री मुकुल ढकालले आइतबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

Advertisement

‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ। रास्वपाले उक्त टेलिफोन वार्ताका सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ (तीन) दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई पनि निर्देशन दिइएको छ।

‘यो छानबिन पूरा नभएसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यका हैसियतले समेत कुनै पनि काम कारबाही नगर्न÷नगराउन समेत श्रेष्ठलाई निर्देशन दिइएको छ,’ विज्ञप्तिमा भनिएको छ। गण्डकी प्रदेशका नेता श्रेष्ठ रास्वपाका समानुपातिक सांसद हुन्। यो प्रकरण बाहिरिएपछि सामाजिक संजालमा सिंगो रास्वपालाई जोडेर अनेकौ टिप्पणी गर्न थालिएको छ ।

Advertisement

पार्टीले निलम्बन गरेपछि अब उनको सांसद पद पनि निलम्बन हुन सक्छ। तर, रास्वपाले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएपछि सो प्रक्रिया सुरु गर्ने पार्टी नेताहरु भनाइ छ। उनीहरू बीचको संवाद पहिलो मन्त्रीमन्डल बन्नु अगाडिको जस्तो सुनिन्छ । उनले संवादमा स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् ।

अढाई करोड रुपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै सहयोग मागेको सुनिन्छ । ‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ संवादमा भनिएको छ, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’ तर, प्रसाईले ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो, भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले’ भनेको सुनिन्छ।

Advertisement

यो पैसा रविलाई नै बुझाउनुपर्ने त होला नि ? भनेर सोधिएको पनि छ। जवाफमा श्रेष्ठले ‘रवि सर देखापर्नुभएको छैन’ भनेका छन् । तर सांसद ढाकाले भने आफुले दुर्गा प्रसाई भन्ने ब्यक्ति नै नचिन्ने भन्दै पार्टीका नेताहरुलाई त्यो अडियो नै अरुले तयार पारेको हुनसक्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top