आई लिग खेल्न चार महिला फुटबलर एकसाथ भारत प्रस्थान

३० चैत, एजेन्सी।
राष्ट्रिय महिला फुटबल टोलीका चार खेलाडी एकै पटक भारतको शीर्ष डिभिजन लिग भारतीय महिला लिग (आईडब्लूएल) खेल्न त्यसतर्फ लागेका छन् । राष्ट्रिय टोलीकी गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी, मिडिफल्डर रेनुका नगरकोटे र सरु लिम्बु भारत गएका हुन् ।

Advertisement

घरेलु फुटबलमा चारै खेलाडी लिग च्याम्पियन एपिएफमा आबद्ध छन् । एन्जिलाले सेथु एफसी, सावित्राले गोकुलम केरेला तथा रेनुका र सरुले नव प्रवेशी क्लब किक स्टार्टबाट खेल्नेछन् । यसअघि नयाँ सिजनका लागि गीता राना र एन्जिला तुम्बापो सुब्बा सेथुमा अनुबन्धित भएपनि लिग स्थगित हुँदा खेल हुन सकेन ।

त्यसयता गीता चोटका कारण मैदानबाहिर छिन् । सावित्राले यसअघि गोकुलमबाट २ सिजन र सेथुबाट एक सिजन खेलेकी थिइन् । पछिल्लो पटक गोकुलमले उपाधि जित्दा सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन् । त्रिभुवन आर्मी क्लबकी दिपा शाही पनि केहि दिनपछि लिग खेल्न भारत जाने तयारीमा छिन् ।

Advertisement

उनी लर्ड्स एफएबाट लिग खेल्नेछन् । यसपटक १६ टोली सम्मिलित रहेको लिग वैशाख १२ गतेबाट सुरु हुनेछ । सहभागी टोलीलाई ८–८ टोलीको दुई समूहमा विभाजन गरिएको छ । सेथु, किक स्टार्ट, लार्ड्स समूह बीमा छन् भने सावित्रा सम्मलित गोकुमल समूह एमा रहेको छ । दिपा अनुबन्धित लर्ड्स र सावित्राको गोकुलम दुवै केरला लिगमा खेल्ने गर्छन् ।

भारत जानुअघि एञ्जिलाले भनिन्, ‘पहिलो पटक भारतीय लिगका लागि जाँदैछु । यो अघि गीता र म दुवै एकै टोलीमा भए पनि गीता चोटको कारण जान पाउने छैनन् । यस्तै सरुले भनिन्, ‘पहिलो पटक लिग खेल्न जान लागेको छु। उत्साहित छु, रेनुका पनि भएको कारण सजिलो भएको छ ।

Advertisement

यो पटक दुवै जना एकै पटक खेल्न पाउँछौँ भन्नुभएको छ त्यसकारण पनि सहज होला।’ रेनुकाले भनिन्, ‘साम्बा र अनिताले खोलेको व्यवसायिक लिगको बाटोमा अहिले महिला खेलाडीहरु बढिरहेका छन्। त्यसकारण आईलिगमा अझै महिला खेलाडीहरु बढ्नेछन् भन्ने आशा छ।

’ त्रिभुवन विमानस्थलमा सावित्राले भनिन्, ‘भारतीय लिगमा सुरुवातमा अनिता बस्नेत र म सहभागी भएर सम्भावना देखाएका थियौँ, अन्य खेलाडीको राम्रो प्रर्दशनको कारण पनि उनीहरुले स्थान बनाएका छन् त्यो हाम्रो लागि राम्रो अवसर हो । महिला खेलाडीको सख्या बढ्दा खुसी लागेको छ। आगामी दिनमा अझै थपिनेछन् भन्ने आशा छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top