पाकिस्तानबाट एके४७ बोकेर आएको ड्रोन भारतले खसायो

३० चैत ,एजेन्सी ।
सिमाना जोडिएको छिमेकी भएर पनि भारत र पाकिस्तान ती देशहरुमध्ये पर्दछन्, जो एकअर्काको कट्टर शत्रु र पानी बाराबारको स्थितिमा रहेका छन् । सधैंको टकरावपूर्ण सम्बन्धका कारण दुई देशबीच सीमाक्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा हुने गरेको छ । कश्मिर क्षेत्रलाई लिएर दुई मुलुकहरु जहिलै युद्धकै तयारीको अवस्थामा पनि रहन्छन् ।

यसैबीच बुधबार राति पाकिस्तानबाट भारततर्फ एउटा ड्रोन उडाइएको थियो । जसलाई भारतीय सेनाले खसाइदिएको छ । समाचार संस्था एएनआईका अनुसार पाकिस्तानबाट भारततर्फ उडेको ड्रोनमा एके ४७ बन्दुक, त्यसमा लाग्ने गोलीहरु र केही नगद पैसा छन् । भारतको नियन्त्रणमा रहेको जम्मु कस्मिरको सीमा क्षेत्रमा ड्रोन पुगेपछि भने भारतीय सेनाले गोली चलाउँदै ड्रोनलाई खसाइदिएका थिए ।

जम्मुस्थित भारतीय सेनाका अनुसार भारतीय सेनाले ड्रोनबाट एके ४७, १३१ गोली र ५ म्यागेजिनसहित दुई लाख भारतीय रुपियाँ बरामद गरेका छन् । पाकिस्तानसंग संघर्षपूर्ण सम्बन्धमा रहेको भारतलाई यता अर्को सीमाना जोडिएको चीन टाउको दुखाई बनिरहेको छ । अरुणाचल प्रदेशका विभिन्न ठाउँहरुलाई चीनले नयाँ नाम राखिदिएपछि भारत थप उग्र बनेको छ ।

यद्यपी चीनले नाम फेर्दैमा आफ्नो भूमि उसको नहुने र यसअघि पटक पटक चीनले यस्तो कार्य गरेकाले प्रतिक्रिया पनि नजनाउँनु पर्ने भारतीय अधिकारीहरुले बताएका छन् । तर विपक्षीहरुले यसलाई सरकारको कमजोरी भन्दै तिव्र आलोचना पनि गरिरहेका छन् । यस विषयमा भारत किन बोलेन वा चीनलाई किन जवाफ दिएन भनेर संसदमा, मिडियाहरुमा विवाद, वहस चलिरहेको छ ।

यसैबीच यसै हप्ता भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले अरुणाचल प्रदेशको भ्रमण गरेका छन् । त्यहाँ पुगेर शाहले चीनको नाम नलिई भारतको एक इन्च भूभाग पनि कसैले कब्जा गर्न नसक्ने बताएका छन् । भारतीय गृहमन्त्रीले अरुणाचलको भ्रमण गरेपछि यतिबेला चीन पनि आगो भएको छ ।

चिनियाँ सरकारका प्रवक्ता वाङ वेनबिनले सो भ्रमणको विरोध जनाएका छन् । वेनबिनले भनेका छन्,‘जंगनान चिनियाँ भूमि हो । भारतीय अधिकारीहरुले त्यहाँ भ्रमण गर्नु चीनको सार्वभौमिकतामाथिको प्रहार हो । सीमावर्ती अवस्थाको शान्ति र स्थायित्वको लागि भारतीय गृहमन्त्रीको भ्रमण अनुकूल छैन ।’ अरुणाचल भ्रमणका क्रममा शाहले चार हजार ८ सय करोड भारतीय रुपियाँको कार्यक्रम पनि सार्वजनिक गरेका छन् ।

उनले त्यहाँको गाउँलाई सुविधा सम्पन्न बनाउने र केन्द्र सरकारले सो क्षेत्रलाई प्राथमिकताका साथ हेर्ने पनि जनाएका छन् । पछिल्ला केही वर्षयता भारत र चीनबीच सीमा विवादका कारण सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । पछिल्लो सीमा विवादका विषयमा अमेरिकाले भने खुलेर भारतको साथ दिदै आएको छ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top