राजनीतिको स्वार्थ केन्द्र बन्दै कोशी अस्पताल

४ वैशाख , विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरस्थित प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल पछिल्लो समय राजनीतिक नेताको स्वार्थ पूरा गर्ने केन्द्र बन्दै आएको छ ।

केन्द्र सरकार र मन्त्री परिवर्तन हुने बित्तिकै कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) परिवर्तन हुँदै आएका छन् ।

यही परिपाटीलाई कोशी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले प्रस्टयाइ दिएका छन् । उनले भर्खरै नियुक्त भएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु)लाई हटाउन फेरि चलखेल भइरहेको विषयलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

Advertisement

मेसु परिवर्तन गर्न लागिएको भनेर बुढाथोकीले सामाजिक संजालमा सार्वजनिक गरेपछि उनको अभिब्यक्तिले अस्पतालमा राजनीतिक र व्यक्तिगत स्वार्थ हाबी गराउने प्रवृत्ति मौलाइरहेको विषयलाई उजागर गरेको छ।

यसले पछिल्लो फागुन २ गते निमित्त मेसुको जिम्मेवारी पाएका वरिष्ठ कन्सलटेन्ट सर्जन डा. रविनराज सिंहलाई कार्यकाल सुरु भएको २ महिनानै पूरा नहुदै हटाउने खेल सुरु भएको देखाएको छ ।

Advertisement

अस्पतालका कर्मचारी स्रोतले मेसु परिवर्तनमा मोरङबाटै मन्त्री बनेका सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सक्रिय रहेको बताएको छ । विकास समितिका सदस्य बुढाथोकीले संघीय सरकार मातहतको अस्पताललाई सिध्याउन केही आकाशे मन्त्री सक्रिय रहेको भनेर स्टाटसमा लेखेका छन् ।

उनको स्टाटस पनि मन्त्री मोदीप्रति लक्षित रहेको बताइन्छ। उनले स्टाटसमा लेखेका छन्, ‘विराटनगरलाई सफा अनि राम्रो अस्पताल चाहिएको छ, । ‘सुधार र विकासको यात्रामा अगाडि बढेको अस्पताललाई सिध्याउन केही आकाशे मन्त्री लागि परेको कुरा सुनिँदै छ, खबरदार !’ यद्यपि मोदीको सचिवालयले भने यसको खण्डन गरेको छ ।

प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था भएर पनि राजनीतिक स्वार्थसँग जोडेर बारम्बार मेसु परिवर्तन गर्ने प्रक्रियाले अस्पतालको व्यवस्थापन र सेवा प्रवाहमा प्रत्यक्ष असर परेको स्वयम चिकित्सकहरु बताउँछन् । अस्पतालको अवस्था बुझ्न नपाउँदै मेसुलाई छोटो अवधिमै जिम्मेवारीमुक्त गर्ने क्रमले उनीहरुका नयाँ योजना र अस्पतालको व्यवस्थापनमा प्रत्यक्ष असर पुर्याउने गरेको छ ।

पछिल्लो १ वर्षभित्र मात्रै अस्पतालमा ३ जना मेसु फेरिएका छन्। वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. यज्ञराज खरेललाई ०७८ फागुन ५ मा निमित्त मेसुको जिम्मेवारी दिइएको थियो भने उनलाई हटाएर भदौ १६ गते वरिष्ठ फिजिसियन डा. लक्ष्मीनारायण यादवलाई निमित्तको जिम्मेवारी दिइएको थियो । अहिले यादवलाई हटाएर डा. सिंहलाई निमित्तको जिम्मेवारी दिइएको छ ।

अस्पतालमा ११ औँ तहका २ जना चिकित्सक रहेपनि १० औँ तहका खरेल, यादव र सिंह मेसु बनेका छन् । २०६१ सालयता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसकेका छन्। मेसुको परिवर्तन भने सरकार र मन्त्री परिवर्तनसँग प्रत्यक्ष जोडिदै आएका छन् । अस्थिर मेसुको विगतको नजिरले नै सरकार र मन्त्री परिवर्तन हुनासाथ यहाँका चिकित्सकहरुले पनि आफू मेसु बन्न लविङ गर्ने कर्मचारीहरु बताउँछन् ।

३ सय ५० बेड शैया रहेको अस्पतालमा दैनिक १ हजार ५ सय जनाभन्दा बढी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन्। अस्पतालमा ७ अर्बको लगानीमा भौतिक संरचना निर्माणको काम भइरहेको छ । अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स कार्यरत छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top