×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

सन्दीप र सोमपालले लिए समान ३÷३ विकेट

५ बैशाख २०८०

५ वैशाख , काठमाण्डौ ।
एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि कप्तान अहमद फैजले उत्कृष्ट ब्याटिङ गरे ।

९५ बलको सामना गरेका उनले ८ चौका र एक छक्कासहित ७६ रन बनाए । त्यस्तै, विरनदीप सिंहले ४६, खिजर हयातले २२, स्याजरुल इद्रुसले २१, मुहम्मद अमीरले १७,मोहम्मद स्याहदतले १५, सैयद अजिजले १३ र विजय उन्नीले १२ रनको योगदान दिए । नेपालका लागि सोमपाल कामी र पूर्वकप्तान सन्दीप लामिछाने ३÷३, ललित राजवंशीले २ तथा गुल्शन झाले एक सफलता हात पारे ।

Advertisement
Advertisement

प्रिमियर कपमा नेपाल र मलेसिया समूह ‘ए’ तथा सिंगापुर र हङकङ समूहमा ‘बी’ मा रहेका छन् । मलेसियाविरुद्ध नेपाल सहज जितको खोजीमा छ । मलेसिया भने घरेलु टोली नेपाललाई हराउँदै इतिहास रच्ने दाउमा छ । सन् २०१२ यता मलेसियासँग नेपालले पाँच वानडे म्याच खेलेको छ । जसमा नेपाल अपराजित छ ।

पछिल्लोपटक यी दुई टोलीले २०१८ मा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो । सन् २०१४ मा भएको आइसिसी क्रिकेट लिग डिभिजन–३ को दुई खेलमा मलेसियाविरुद्ध नेपाल ३६ रन र ५ विकेटले विजयी भयो । २०१२ मा एसिसी ट्रफी एलिटको सेमिफाइनलमा नेपालले मलेसियालाई २१ रनले हरायो ।

सोही वर्षको सेप्टेम्बरमा भएको क्रिकेट लिग डिभिजन–४ मा नेपालले मलेसियाविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । नेपाल यसपालि प्रिमियर कपमा पनि मलेसियाविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ ।

Advertisement

प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् । उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top