मस्कको रकेट अन्तिम सेकेन्डमा रोकियो

५ वैशाख , एजेन्सी ।
स्पेसएक्सले सोमबार आफ्नो विशाल रकेट ’स्टारशिप’ को प्रक्षेपण इन्धन भर्ने क्रममा समस्याका कारण स्थगित गरेको छ। एलोन मस्क र उनको कम्पनीले मेक्सिकोसँगको सीमा नजिकैको टेक्सासको दक्षिणी छेउबाट लगभग ४०० फिटको स्टारशिप रकेट प्रक्षेपण गर्ने योजना बनाएको थियो ।

पहिलो चरणको बूस्टरमा भल्भ अड्किएर ४० सेकेन्ड पहिले काउन्टडाउन रोकिएको थियो। प्रक्षेपण नियन्त्रकहरूले समयमै जमेको भल्भ ठीक गर्न सकेनन् र प्रक्षेपण प्रयास रद्द गर्नुप¥यो। यस प्रक्षेपण प्रयासमा रकेटसँग कुनै व्यक्ति वा उपग्रह थिएनन्। कम्तिमा बुधबार सम्म कुनै अर्को प्रक्षेपण प्रयास सम्भव नभएको बताइएको छ ।

“आज धेरै सिकियो,“ मस्कले प्रक्षेपण स्थगित गरेपछि ट्वीट गरेका छन् । कम्पनीले पहिले चन्द्रमा र पछि मंगल ग्रहमा अन्तरिक्ष यात्रीहरू र कार्गो पठाउन स्टारशिप प्रयोग गर्ने योजना बनाएको छ। सोमबार अवलोकनकर्ताहरुलाई सो क्षेत्रमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो ।

यसको सट्टा मानिसहरूलाई दक्षिण पाद्रे टापुमा करिब छ माईल टाढाको समुद्र तटमा भेला हुन अनुमति दिइएको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०२५ मा मानिसलाई चन्द्रमामा लैजान स्टारशिप छनोट गरेको छ । यो मिसनलाई आर्टिमिस ३ भनिन्छ। सन् १९७२ पछि पहिलो पटक सन् २०२५ मा मानिस फेरि चन्द्रमामा जानेछ ।

१६४ फिट अग्लो स्टारशिप रकेट चालक दल र कार्गो बोक्न डिजाइन गरिएको छ। स्टारशिपको आफ्नै ६ इन्जिन छन् र यसले १५० माइलसम्मको यात्रा पूरा गर्नेछ। प्रक्षेपणको ९० मिनेट पछि, यसले प्रशान्त महासागरमा खस्नु अघि सम्पूर्ण पृथ्वीको परिक्रमा गर्ने योजना थियो । तर यो असफल भएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top