समयमा निमार्ण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गरिनेः मन्त्री महासेठ

१८ भदौ ७५, सोमबार
Share this
710shares

विराटनगर,भदौ १८
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठले सांसद नै भए पनि समयमा पुल निर्माण नगर्ने ठेकेदार कम्पनीले छुट नपाउने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

मन्त्री महासेठले रौतहटकोे लालबकैया नदीस्थित टिकुलिया घाटमा निर्माण भइरहेको पुल निर्माणको ठेक्का लिएको पप्पु कन्ट्रक्सन प्रालिसँग सांसद हरिनारायण रौनियारको संलग्नता रहे पनि नरहे पनि ठेकेदार कम्पनीले छुट नपाउने बताए ।

उनले रौतहट घटनाको विषयमा छिट्टै कारबाही भएको समाचार सार्वजनिक हुने दाबीसमेत गरे । वर्तमान सरकारले अहिलेसम्म १ सय ४२ निर्माण कम्पनीहरुमाथि कारबाही गरेको र कतिपय ठेकेदार कम्पनीसँग पाँच करोड रुपैयाँसम्म जरिवाना असुल गरेको समेत उनले जानकारी दिए ।

Advertisement

सरकारलाई गुमराहमा राखेर काम गर्नेहरु कसैले पनि छुट नपाउने बताउँदै उनले सबै ठेकेदारहरु बदमास भएको जस्तो गरी प्रचार हुनु दुःखद भएको उल्लेख गरे । सिण्डिकेट अन्त्य गर्ने कामबाट सरकार पछाडि नहटेको उल्लेख गर्दै मन्त्री महासेठले देशभरका २ सय ४५ संघसंस्थाको बैंक खाता रोक्का राखेर सम्पत्ति छानबिन गरिरहेको र छानबिनपछि आउने प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top