गोयल परिवारले बनाइदिए १ करोड खर्चेर १४ घर

१० बैशाख ८०, सोमबार

१० वैशाख, विराटनगर । समाजसेवी दिनबन्धु गोयल र उनको परिवारको सहयोगमा झापाको भद्रपुर नगरपालिका–६ मन्त्री चोकमा निर्मित १४ वटा घर सम्बन्धित घरधनीहरुलाई हस्तान्तरण गरिएको छ ।

आइतबार गोयल परिवारले स्थानीय माझी र राजवंशी समुदायका १४ परिवारलाई घर हस्तान्तरण गरेका हुन् । करीव एक करोड रुपैयाँको लागतमा निर्मित ती घरहरु भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलको विशेष आतिथ्यतामा सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको हो ।

घर निर्माणमा सहयोग पु¥याउने समाजसेवी दिनबन्धु गोयलले झापा उद्योग बाणिज्य संघमा अध्यक्ष समेत रहेका आफ्ना स्वर्गीय दाजु ओम प्रकाश गोयलको सम्झनामा निर्माण गरेको बताए ।

गोयलले आफु पनि भद्रपुरको ६ नम्बर वडाकै बासिन्दा भएकोले वडा र नगरपालिकासँगको सहकार्यमा गरीव तथा विपन्न परिवारलाई घर बनाइदिएको जानकारी दिए । उनले दाताले नै सवै गरिदिन्छन् भन्ने सोच हटाएर आगामी दिनमा नमूना बस्ती निर्माणमा जुट्नका लागि घर परिवारहरुलाई आग्रह गरेका थिए ।

गोयल परिवारले स्थानीय साम माझी, राजु माझी, रमेश माझी, फुलकुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रविनकुमार माझी, शर्मिला राजवंशी, लखन माझी, सुमित्रा माझी, निर्मला राजवंशी र प्रमिलहिरन राजवंशीका लागि घर निर्माण गरिदिएका हुन् ।

घर हस्तान्तरण कार्यक्रमकै अवसरमा १४ घर परिवारका ज्येष्ठ सदस्यहरु बजारु माझी, राजो माझी, विनता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई लत्ता कपडा र जनही नगद एक हजार रुपैयाँ नगदसमेत प्रदान गरिएको थियो ।

घर हस्तान्तरण गरिएका १४ परिवारमा सवै उमेर समुहका गरी ६५ जनाको बसोबास रहेको जनाइएको छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top