रविका पक्षमा मन्त्री किराँती, के रविले गृह पाउँछन् ?

१५ वैशाख, काठमाण्डौ ।
भर्खरै सम्पन्न उपनिर्वाचनमा चितवन २ बाट निर्वाचित भएर सांसदको सपथ लिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको अवस्थामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा माओवादी नेता सुदन किराँतीले लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् ।

Advertisement

शुक्रवार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री किराँतीले, ‘जनताले रवि लामिछानेलाई लोकप्रिय मत दिएका छन् । यो जनमतको सम्मान गर्न अब रविले रोजेको मन्त्रालय दिनुपर्छ ।

त्यसको लागि मैले के त्याग गर्नुपर्छ तयार छु ।’ हजारौं जनताको बलिदानीबाट प्राप्त यो व्यवस्थाले अझै जरा गाड्न नसकेको उल्लेख गर्दै उनले जनताको दिनदैनिकी दयनीय बन्दै गइरहेको बताए । देशको अर्थतन्त्र जरजर अवस्थामा छ यसको सङ्कट मोचनका लागि अब राष्ट्रिय सहमतिको सरकार गठन गर्न पनि उनले आग्रह गरे ।

Advertisement

‘राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको जुन अभिमत पायो । यो जनताको आक्रोश हो । मुख्यतः जिम्मेवार ठूला दलहरुको अकर्मण्यताको पराकाष्ठ हो’, उनले भने, ‘हामी राजनीतिको नाममा धेरै विभाजित भयौँ । अब देशलाई यो संकटबाट मुक्त गर्न सबै मिलेर राष्ट्रिय सहमतिको सरकार गठन गरौँ ।’ उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए ।

उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताएका छन् । उनले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए । उनले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए ।

Advertisement

उनले सबै राजनीतिक दल र नेताहरु गरिबीको बिरुद्धमा एकजुट हुनुपर्ने बताए । उनले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘जनताले भनेका छन्, तिमीहरुले होस पु¥याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ ।

कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको बिरुद्धमा एकजुट होऔँ । रास्वपा रविको सांसद पद खारेज भएपछि उसले पाएको गृहमन्त्रालय पार्टीले नपाउने भएपछि सरकारबाट बाहिरिएको थियो । पछि सम्मपनि आफुहरुसँगको सहमति अनुशार गृहसहितका मन्त्रालय दिए सरकारमा जान तयार रहेको रास्वपाले अझैसम्म पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top