×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

पुटिनमाथि आक्रमणको आरोप जेलेन्स्कीद्वारा अस्वीकार

२१ बैशाख २०८०

२१ वैशाख, काठमाण्डौ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ज्यान लिने प्रयास गरेको भन्ने क्रेमलिनको आरोप अस्वीकार गरेका छन् । फिनल्यान्ड भ्रमणमा रहेका जेलेन्स्कीले भने, “हामी पुटिन र मस्कोमाथि आक्रमण गर्दैनौँ। हामी आफ्नो भूभागका लागि लड्छौँ। हामी हाम्रा गाउँ र सहरहरूको रक्षा गरिरहेका छौँ,”।

यसअघि रुसी राष्ट्रपतिको कार्यालयले पुटिनको ज्यान लिने उद्देश्यले भएको ड्रोन आक्रमण निस्तेज पारिएको बताएको थियो । यो आक्रमणपछि अब रुसले आवश्यक ठानिए जुनसुकै समय र स्थानमा पनि प्रतिकार गर्न सक्ने चेतावनी दिएको छ । अनलाइनमा फैलिएका अपुष्ट भिडिओहरूमा क्रेमलिन भनिने मस्कोस्थित एउटा ठूलो सरकारी भवनबाट बुधवार धुवाँ निस्कँदै गरेको देखिन्छ ।

Advertisement
Advertisement

दोस्रो भिडिओमा संसद् भवनमाथि एउटा सानो विस्फोट देखिन्छ र दुई जना मानिसहरू भवनको गुम्बजमाथि देखा पर्छन् । रुसी राष्ट्रपति कार्यालयले युक्रेनबाट क्रेमलिनस्थित पुटिनको निवासमाथि आक्रमणको प्रयास भएको भन्दै त्यसलाई योजनाबद्ध आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयासको संज्ञा दिएको छ ।

अधिकारीहरूले उक्त भवनलाई निशाना बनाइरहेका दुई वटा ड्रोनहरू इलेक्ट्रोनिक रडारको प्रयोग गरेर निष्क्रिय पारिएको बताएका छन् । युक्रेनविरुद्ध युद्ध सुरु भएयता पहिलोपटक रुसले राष्ट्रपतिको हत्या प्रयासजस्तो गम्भीर आक्रमण पछाडि कीभको हात भएको आरोप लगाएको हो ।

राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन त्यस बेला क्रेमलिनमा नरहेको बताएका छन् । ‘क्रेमलिनले यी कार्यहरूलाई नियोजित आतंकवादी कार्यको रूपमा मूल्यांकन गरेको छ र विजय दिवस, मे ९ को परेडको पूर्वसन्ध्यामा राष्ट्रपतिको हत्या प्रयासको रूपमा मूल्यांकन गरेको छ,’ रुसी सरकारी समाचार संस्था आरआईएले लेखेको छ ।

घटनापछि पुटिनले आफ्नो कार्यतालिका भने परिवर्तन गरेका छ्रैनन् ।पूर्वनिर्धारित कार्यतालिकाअनुसार उनले काम गरिरहेका छन् । रुसका पूर्व राष्ट्रपति दिमित्री मेदवेदेवले भोलोदिमिर जेलेन्स्कीको पतनका लागि आह्वान गरेका छन् । “हामी कीभ आतंकवादी शासनलाई रोक्न र नष्ट गर्न सक्षम हतियारहरू प्रयोगको गर्न माग गर्नेछौं,” पुटिनका निकट सहयोगी मेदवेदेवले भने ।

रुसका प्रधानमन्त्रीसमेत रहेका मेदवेदेवले विश्वयुद्धको खतरा बढेको चेतावनीसमेत दिएका छन् । “विश्व बिराम परेको छ र सम्भवतः नयाँ विश्वयुद्धको संघारमा छ,” रुसको सुरक्षा परिषद्का उपसभापतिसमेत रहेका मेदवेदेवले भनेका छन् । उता अमेरिकाले पनि रुसको दाबीलाई धेरै सावधानीपूर्वक हेरिरहेको बताएको छ ।

Advertisement

अब बुधवार जे भएको भए पनि यसपछि रुसको प्रतिक्रिया के हुन्छ भन्ने चासो बढेको छ । कतिपय अधिकारीहरूले कडा कदम चालिनुपर्ने बताएका छन् । रुसी भूभागमा हुने आक्रमण पछि त्यहाँका सैनिक जनरलहरूले कैयौँ पटक कडा प्रतिवादको चेतावनी दिएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले उक्त घटनाले रुसले युक्रेनमा ठूलो स्तरको आक्रमणको तयारी गरिरहेको सङ्केत गरेको बताएका छन् ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top