×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आज चन्द्र ग्रहण ,कति बजे देखिन्छ ?

२२ बैशाख २०८०

२२ वैशाख, काठमाण्डौ ।
यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । विशेष यसकारण कि अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ ।

चन्द्रग्रहण तीन प्रकारका हुन्छन् पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् ।

Advertisement
Advertisement

चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ । त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन् । पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आउँछ र चन्द्रमामा पृथ्वीको छाया पर्छ । यसैलाई नै चन्द्र ग्रहण भनिन्छ ।

चन्द्रग्रहणलाई नांगो आँखाले पनि हेर्न सकिन्छ । आज यो चन्द्रग्रहण ४ घण्टा १७ मिनेट ३१ सेकेन्डसम्म रहनेछ । आकाश सफा भयो भने नेपालबाट पनि देख्न पाइन्छ । सूर्यग्रहण हेर्नका लागि आँखाको सुरक्षाका लागि विशेष चश्मा लगाउनुपर्छ । तर चन्द्रग्रहणको लागि त्यस्तो कुनै चीजको आवश्यकता पर्दैन।

चन्द्रग्रहण आज राति ८ बजेर ५९ मिनेटबाट सुरु हुनेछ । चन्द्रग्रहण मे ६ गते बिहान १ बजेर १६ मिनेटमा पुर्ण रुपमा समाप्त हुनेछ । चन्द्रग्रहण अघि २० अप्रिलमा सूर्यग्रहण देखिएको थियो । यस वर्ष थप दुईवटा ग्रहण हुनेछन् । सन् २०२३ को अक्टोबर १४ मा सूर्यग्रहण देखिनेछ ।

Advertisement

२८, २९ अक्टोबरमा चन्द्रग्रहण हुनेछ। यो नेपाल भारत लगायत विश्वका धेरै ठाउँमा देखिनेछ। यो चन्द्रग्रहण अष्ट्रेलिया, न्यूजिल्याण्ड र अफ्रिकाको पूर्वी भागका साथै एशियाका अधिकांश भूभागबाट देखिनेछ ।

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top