×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

रास्वपाले प्रचण्ड सरकारमाथिको समर्थन के गर्ला ?

२२ बैशाख २०८०

२२ वैशाख, काठमाण्डौ ।
सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज निर्णय गर्दैछ । त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले बताएका छन् ।

नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए । तर उसले सरकारको समर्थन भने कायमै राखेको छ । वैशाख १० को उपनिर्वाचन जितेर लामिछाने पुनः सांसद बनेपछि रास्वपालाई सरकारमा ल्याउन सत्ता गठबन्धनले प्रयास जारी राखेको छ ।

Advertisement
Advertisement

यद्यपि उपनिर्वाचन जितेपछि पत्रकारहरुको एक प्रश्नमा लामिछानेले यथास्थितिमा सरकारको समर्थन कायम राखीराख्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका थिए । त्यसयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता गठबन्धनका अन्य नेताहरुले लामिछानेलाई फकाउने प्रयास जारी राखेका छन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको एक औपचारिक कार्यक्रममा लामिछानेलाई सरकारमा आउन आह्वान गरेका थिए । त्यसपछि रविले प्रधानमन्त्री प्रचण्ड तथा काग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए । रविसँगको छलफलमा प्रधानमन्त्रीले यसअघि रास्वपालाई दिने भनिएका गृहसहितका मन्त्रालय दिन आफू तयार भएको र रास्वपाको माग वमोजिम भ्रष्टचारका फाइलहरु खेल्न पनि तयार रहेको उनले बताएका थिए ।

प्रधानमन्त्रीबाट सरकारमा सहभागि हुन आव्हान गरिएको अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले रविलाई प्रधानमन्त्रीसम्मको अफर गरेको खबर बाहिरिएको छ । तर दुवै दलका नेताहरुले यसको पुष्टि भने गरेका छैनन् ।

यस्तो अवस्थाका बीच अन्तिम निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ ।बैठक सरकारमा सहभागी हुने÷नहुने, प्रचण्ड सरकारमाथिको समर्थन फिर्ता गर्ने या नगर्ने भन्ने एजेण्डामा केन्द्रित हुने बताइएको छ ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top