Nepal Times
Nepal Times
3
Shares

नक्कली नोटबाट सामान किनेपछी

नक्कली नोटबाट सामान किनेपछी

२२ वैशाख, काठमाण्डौ ।

प्रहरीले नक्कली नोटहरुबाट सामान किनबेच गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जाजरकोटको भूर गाविस घर भई हाल टोखा नगरपालका ७ बस्‍ने ३१ वर्षीय सम्झना गहतराज र बाँकेको नेपालगञ्‍ज घर भई हाल काठमाडौंको बागबजारस्थित युनिक होटलमा कोठा लिई बस्‍ने ३२ वर्षीय सादाहय हलुवाइ रहेका छन् ।

प्रहरी वृत्त बौद्धबाट सादा पोशाकमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।सम्झना गहतराजले गोकर्णेश्वर न।पा। ६ नँया बस्तीमा किराना पसलमा रिचार्ज कार्ड किन्ने क्रममा नक्कली नोट फेला पारी सोधपुछका क्रममा उनीसहित हलुवा पनि समातिएका हुन्।

प्रहरीले उनीहरुको साथबाट तयारी अवस्थामा रहेको १ हजार दरका नक्कली नोट ४९ वटा, प्रिन्ट गरेर काट्न बाँकी एक हजारको १२६ वटा, तयारी ५ सयको नोट २ वटा, प्रिन्ट गरेको काट्न ५ सयको नोट ६० वटालगायतका सामानहरु बरामद गरेको छ ।पक्राउ परेका उनीहमाथि मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.