×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

मेस्सीले पीएसजीसंग मागे माफी

२३ बैशाख २०८०

२३ वैशाख, एजेन्सी ।
क्लबको अनुमति विना साउदी अरबको भ्रमण गएकोमा आफूबाट गल्ती भएको अर्जेन्टिनी फरवार्ड तथा कप्तान लियोनेल मेस्सीले स्वीकार गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) को अनुमतिविनै साउदी अरब गएकोमा अर्जेन्टेनी स्टार मेस्सीले आफनो गल्ती स्वीकार गर्दै माफी मागेका हुन् ।

सो अभियोगमा उनलाई दुई साताका लागि क्लबले निलम्बनसमेत गरेको थियो । मेस्सीले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘मैले गरेको कामका लागि म माफी चाहन्छु र अब क्लबले के निर्णय गर्छ, त्यो हेर्नका लागि म पर्खिरहेको छु । मैले इमान्दारीपूर्वक यो सोचे कि हामीले खेल पछिको दिन बिदामा हुनेछौं, जुन अघिल्लो हप्ताहरूमा पनि भईरहेको थियो ।

Advertisement
Advertisement

मैले साउदी अरेबियाको यो यात्रा पहिले पनि रद्ध गरिसकेको थिए तर यसपटक भने सकिन ।’ पिएसजीमा मेस्सीको सम्झौता यो सिजनको अन्त्यसँगै सकिदैछ । सम्झौता र सिजनको अन्त्यसँगै मेस्सी पीएसजी छाड्ने तयारी छ । क्लबलाई जरिवानासमेत तिरेका ३५ वर्षीया मेस्सी साउदी अरेबियाका लागि पर्यटन राजदूतको भूमिकामा छन् ।

उनलाई साउदी अरबका क्लबहरुले पनि चासो देखाइरहेका छन र उनी माथी करोडौं खर्च गर्न खोजिरहेका छन् । पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले मेस्सीको निलम्बनसँग आफ्नो केही सरोकार नभएको बताएका छन् । लियोको निलम्बनले खराब प्रदर्शनमा थपिएको छ, हामी त्यसलाई लकाउन सक्दैनौं ।

’ गाल्टिएरले भने, ‘क्लबको निर्णयमा मेरो कुनै सरोकार थिएन । मलाई निर्णयको बारेमा जानकारी दिइएको थियो । म यो सुखद अवधि हो भन्न सक्दिन ।’ पाँच खेल खेल्न बाँकी रहँदा पिएसजी लिग वानको शीर्ष स्थानमा छ । टोली च्याम्पियन्स लिग र फ्रेन्च कपको अन्तिम १६ बाटै बाहिरिएको छ ।

Advertisement

लोरिएन्टसँगको हारपछि समर्थकले समेत क्लबको विरोध गरेको थियो । क्लबका समर्थकले ब्राजिलियन फरवार्ड नेयमारको घरबाहिर जम्मा भएर उनलाई क्लब छाड्न आग्रह गरेका थिए । ३१ वर्षीय नेयमार वर्षीया घुँडाको चोटका कारण बाँकी कारणले बाहिर छन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top