×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मणिपुर जातीय हिंसाः मृत्यु हुनेको संख्या ५४ पुग्यो

२३ बैशाख २०८०

२२ वैशाख, एजेन्सी ।
भारतको पूर्वोत्तर राज्य मणिपुरमा ४ दिनदेखि जारी जातीय हिंसामा मृत्यु हुनेको संख्या ५४ पुगेको छ । मणिपुर म्यानमार (वर्मा) सँग सीमा जोडिएको प्रान्त हो । रैथाने मणिपुरी (मैतेई) र जनजाति समुदाय कुकी–जोमीबीच गत बुधबारदेखि चर्किएको हिंसात्मक आन्दोलनका कारण मणिपुर अशान्त बनेको हो ।

ठाउँठाउँमा दुई समुदायबीचको झडप र प्रहरीको गोली लागेर ५४ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । तर स्थानीय प्रहरी अधिकारीले अनौपचारिक रुपमा दिएको जानकारी अनुसार मृतकको सङ्ख्या निकै धरै रहेको अनुमान छ । मणिपुरमा पछिल्लो एक हप्तादेखि हिंसा भड्किएको छ ।

Advertisement

ठाउँ ठाउँमा आगलागी र नरसंहार भएका छन् । स्थितिलाई शान्त बनाउन केन्द्रीय सरकारले हजारौँ सेना र र्यापिड एक्सन फोर्सका ५५ वटा टुकडी मणिपुर पठाएको छ । सडकमा सेनाले मार्चपास गरिरहेका छन् । भारतीय सेनाका जनसम्पर्क अधिकारी लेफ्टिनेन्ट कर्नल महेन्द्र रावतले मणिपुरको प्रभावित क्षेत्रमा कर्फ्यु लगाइएको र सेनालाई सिधै गोली हान्ने अधिकार दिएको बताएका छन् ।

आज सडकमा छिटपुट गाडी देखिन थालेका र अत्यावश्यक सामग्री बेच्ने पसल पनि खुलेका खबरमा उल्लेख छ । सरकारले मणिपुरमा पाँच दिनको लागि इन्टरनेट बन्द गरेको छ भने हिजो र आज मणिपुर आउजाउ गर्ने सबै रेल सेवा पनि रोकिएका छन् । चुराचन्दपुर जिल्लामा शुक्रबार राति भएका दुई छुट्टाछुट्टै भिडन्तमा पाँच अतिवादी मारिएको प्रहरीले जनाएको छ ।

रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार हिंसा प्रभावित क्षेत्रबाट अहिलेसम्म २० हजार लाई सुरक्षित स्थानमा लगिएको छ । तीमध्ये केहीलाई सेनाको शिविरमा पनि राखिएको छ । सबै प्रमुख सडक र स्थानहरूमा द्रुत कार्य बल र केन्द्रीय प्रहरी बलहरूको बाक्लो उपस्थिति छ । चुराचन्दपुर, मोरे, काक्चिङ र काङपोकपी जिल्लाको अवस्था नियन्त्रणमा आएको सेनाले जनाएको छ ।

साढे ३६ लाख जनसंख्या रहेको मणिपुरमा बहुसंख्यक अर्थात ३० लाख हाराहारी जनसंख्या रहेको रैथाने मणिपुरी (मैतेई) समुदाय लामो समयदेखि अनुसूचित जाति (सेडुअल कास्ट) को मान्यताका लागि संघर्षरत थियो । त्यो मागप्रति मणिपुरकै अन्य जाति, समुदायले विरोध जनाउँदै आएका थिए ।

मणिपुर उच्च अदालत मैतेई समुदायको मागप्रति सकारात्मक बन्दै गत १९ अप्रिलमा राज्य सरकारलाई आदेश ग¥यो, ‘मैतेई समुदायको माग जायज छ । उनीहरुलाई अनुसूचित जातिको दर्जाका लागि मे २९ सम्ममा केन्द्रीय जनजाति मामिला मन्त्रायलमा सिफारिस पेस गर्नु ।’

अदालतको आदेशपछि आदिवासी÷जनजाति समुदाय र तिनको विद्यार्थी संघले बुधबार राजधानी इम्फालमा निकालेको ऐक्यबद्धता ¥यालीमा मणिपुरी–कोकी समुदायबीच झडप भएको थियो । झडपले उग्र रुप लिँदै जाँदा मणिपुर हिंसात्मक बनेको हो ।

यो जातीय दंगाका कारण राज्यका १० हजार बढी सर्वसाधारण विस्थापित भइसकेका छन् । मणिपुरका मुख्यमन्त्री विरेन सिंहले सद्भाव कायम राख्न गरेको आह्वानको कुनै पर्वाह नगरी दुई समुदायबीच निरन्तर झडप भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top