राष्ट्रपति नागरिकता विधेयकको छलफलमा

२४ वैशाख, काठमाण्डौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न कानुनविद्सँग छलफल गर्ने भएका छन् । राजनीतिक दलबीच सहमति जुट्न नसकेपनि नागरिकता विधेयक संसद्ले दोस्रोपटक बहुमतको बलमा पारित गरेर गत भदौमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

तर, भण्डारीले नै प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो । यही प्रकरणले ततकालीन राष्ट्रपति भण्डारीले आलोचना समेत सहनु परेको थियो । अहिले निर्वाचनपछि सरकार र राष्ट्रपति परिवर्तन भएको पछिल्लो अवस्थामा आइतबार त्यही विधेयकको अवस्था, कानुनी हैसियत के हुन्छ भनेर कानुनविद्सँग छलफल गर्न लागेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

यसका लागि राष्ट्रपतिले दिउँसो १ बजे शीतलनिवासमा कानुनविद्हरुलाई छलफलका लागि बोलाएको बुझिएको छ । शनिबार बसेको सत्ता गठबन्धनको बैठकले तत्कालीन भण्डारीले रोकेको नागरिकता विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोहीअनुसार राष्ट्रपतिले आज परामर्श थालेका हुन् ।

कानुन व्यवसायीहरुले राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपतिले रोकेको विधेयक प्रमाणीकरण गर्न सक्ने बताइरहेका छन् । विधेयकलाई शितल निवासमै होल्ड गरेकी पूर्व राष्ट्रपति भण्डारी शीतल निवासबाट बाहिरिएपछि रामचन्द्र पौडेल राष्ट्रपति निवासमा पुगेका छन् । सत्तारुढ दलले आफ्नै गठबन्धनबाट राष्ट्रपति बनेकाले अब नागरिकता विधेयक जारी हुने सार्वजनिक रुपमा नै बताउदै आएका छन् ।

हाल सो विधेयक प्रमाणीकरण नहुँदा नागरिकताबिहीनहरुले नागरिकता पाउन नसकेको भनेर आन्दोलनसमेत जारी राखेका छन् । तर नागरिकता विधेयक आवश्यक भएपनि अहिलेकै विधेयकले नागरिकताको वितरणमा दूरुपयोग हुन् सक्ने भन्दै एमाले लगायतका केही दलले यो विधेयकको विरोध गर्दै आएका छन् ।

यसैबीच नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो । घटनाबारे विस्तृत जानकारी दिन उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । आरोपीहरुसँग भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ परेकाहरु नेपालमा ब्यापार व्यवसाय गर्दै आएका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top