चुनावका वचन पूरा गर्दै बालेन , अब अपोइन्टमेन्टदेखि कर तिर्नसम्म ‘केएमसी एप’ 

२५ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुले निर्वाचनका क्रममा जनाएको प्रतिवद्धता वमोजिम महानगरले दिने सेवाप्रवाहलाई डिजिटलाइज गरी घरसम्म पुर्याएका छन् । मेयर साहले आज सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली ‘केएमसी एप’ लन्च गरेका हुन् । एपबाट अधिकांश कार्यालय पुग्नु पर्ने कामहरु सहजै गर्न सकिने छ भने मेयर शाहसँग अपोइन्टमेन्ट लिन समेत एपबाट सकिने प्रवन्ध गरिएको मेयर शाहले बताएका छन् ।

Advertisement

उक्त एपबाट ३० भन्दा बढी प्रकारका सिफारिसहरु अनलाइन राजस्व,नगर प्रमुखसँग भेटघाटका लागि अपोइन्टमेन्ट, च्याटबोट, महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू, विभागगत कार्य विवरणसहितको डिजिटल नागरिक वडापत्र,हेल्लो मेयर, जनगुनासो, स्मार्टकर, प्रकाशित राजपत्रहरू, पर्यटकीय स्थलहरू, आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप,सार्वजनिक शौचालयहरुको बारेमा सेवा लिन पाइनेछ ।

काठमाडौं महानगरपालिकाको सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि एकिकृत डिजिटल शुसासन प्रणाली केएमसि एप लन्च गरेको मेयर शाहले बताएका छन् । एपबाट महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था रहेको छ।

Advertisement

अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ ।यस एपमा अनलाइनबाटै सम्पत्तिकर, भूमी तथा मालपोत कर, ब्यवसाय कर जस्ता बिभिन्न करहरू तिर्न सकिने जसमा इसेवा, खल्ती आएम इ पे प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।

‘केएमसी एप’ रहेका सुविधा यस्ता छन् :

Advertisement

३० भन्दा बढी प्रकारका सिफारिसहरू,अनलाइन राजस्व,नगर प्रमुख संग भेटघाटका लागि अपोइन्टमेन्ट,च्याटबोट,महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,हेल्लो मेयर,जनगुनासो,स्मार्टकर,प्रकाशित राजपत्रहरू,पर्यटकीय स्थलहरू,आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोपसार्बजनिक शौचालयहरु समेटिएका छन ।

यस एप मार्फत हाललाई नागरिकता सम्बन्धी सिफारिस ,घरवाटो सिफारिस, कित्ताकाट सिफारिस, जग्गा मुल्यांकन सिफारिस,घरधनी प्रमाणपुर्जाको प्रतिलिपि,घर कायम सिफारिस,सम्पत्ति कर चुक्ता सिफारिस,अस्थायी बसोबास सिफारिस,स्थायी बसोबास सिफारिस,बिद्युत जडान सिफारिस,धारा जडान सिफारिस,आन्तरिक बसाइसराइ सिफारिस,कोठा खालि गर्ने सिफारिस,जन्म मिति प्रमाणित,अविवाहित प्रमाणित,

नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस,अदालत शुल्क मिनाहा सिफारिस,बैंक खाता बन्द गर्ने सिफारिस,ब्यवसाय बन्द सिफारिस,संस्था दर्ता सिफारिस, छात्रबृत्ति सिफारिस,अपांग सिफारिस, बिद्यालय कक्षा बृद्दी सिफारिस,बिपन्न नागरिक औषधी उपचार सिफारिस,ब्यवसाय स्थानान्तरण सिफारिस, लगायका ३१ वटा सिफारिसहरू अनलाइन गरिएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top