एसिया कप क्रिकेट श्रीलंकामा सार्ने तयारी

२६ बैशाख, विराटनगर । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानबाट श्रीलंका सर्ने सम्भावना देखिएको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेपछि एसीसीले पाकिस्तानबाट प्रतियोगिता सार्ने तयारी गरेको हो ।

बीसीसीआई सचिव जय शाहलाई उद्घृत गर्दै भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसले उक्त कुरा उल्लेख गरेको छ । श्रीलंका, बंगलादेश र अफगानिस्तानले उक्त निर्णयको समर्थन गरेका छन् ।

Advertisement

प्रतियोगिता हुने स्थानको अन्तिम निर्णय यही महिनाको अन्तिममा भइसक्ने अपेक्षा गरिएको छ । प्रतियोगितामा पाकिस्तानको सहभागिता हुने कुरामा भने आशंका सिर्जना भएको छ ।

पाकिस्तानमा नगरिए बहिष्कार हुने सक्ने सम्भावना देखिएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगिता पाकिस्तानमा गर्ने कुरामा जोड दिइरहेको छ । तर श्रीलंकामा गर्ने कुरामा बीसीसीआईले एसीसीका अन्य सदस्य राष्ट्रहरूको समर्थन पाएको दाबी भारतीय सञ्चार माध्यमको छ । त्यसकारण उक्त निर्णयको औपचारिकता मात्रै बाँकी रहेको बताइएको छ ।

Advertisement

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि पीसीबीले एसिया कप आयोजना गर्न हाइब्रिड मोडेल प्रस्ताव गरेको थियो।

भारतको खेल मात्र दुबईमा आयोजना हुने बताइएको थियो । तर त्यसलाई समेत भारतले स्वीकार गरेको छैन । दुबईले सेप्टेम्बर महिनामै सन् २०१८ को एसिया कप आयोजना गरेको थियो । असाध्यै गर्मीका कारण खेल्न मुश्किल परेको गुनासो खेलाडीहरुले गरेका थिए ।

एसीसीले आगामी हप्ताहरूमा अन्तिम निर्णयमा पुग्ने तयारी गरेको छ । श्रीलंकामा प्रतियोगिता सारिएको असर भने आगामी विश्वकपमा समेत देखिन सक्ने बताइएको छ । भारत आयोजक रहेको विश्वकपमा पाकिस्तानको सहभागिता नहुन सक्ने अनुमान गरिएको छ ।

नेपालले पनि यस पल्ट एसिया कप खेल्दैछ । एसीसी पुरुष प्रिमियर लिगको बिजेता बन्दै नेपालले आफ्नो स्थान पक्का बनाएको हो । नेपालको समूहमा भारत र पाकिस्तान रहेका छन् ।

एसिया कपमा अफगानिस्तान, बंगलादेश र श्रीलंका गरी ६ देशले खेल्दैछन् ।  प्रतियोगिता भएमा नेपालले पहिलोपल्ट एसिया कपमा खेल्ने अवसर पाउनेछ । नेपालले यसअघि छनोट भएर पनि प्रतियोगिता नहुँदा खेल्न पाएको थिएन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

आज ५ प्रदेशमा भारी वर्षा, भोलिसम्मै पानी पर्ने

mausam-2075-12-18-768x388

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

सम्बन्धित समाचार

Scroll to Top