Nepal Times
Nepal Times
180
Shares

रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाइयो

रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाइयो

२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि अझै फरार छन् । सोही विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए ।

उनले भने, ‘एउटा माननीय देशलाई सूचना नदिइ, काठमाडौं आउँदै गरेको माननीय न देशभित्र न देश बाहिर कहाँ गएको भन्ने जानकारी नभएको हुँदा मैले खोजी गरेको हुँ ।’

सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त भाषामा आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुन्ने र निर्णय लिने बताएका थिए ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

साथसाथै अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

आफूले बोलेको शब्द संसदीय रेकर्डबाट डिलिट भएपछि सांसद रमेशजंग रायमाझीले माननीय नै हराएकोले आफूले चासो राखेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.