×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

रमेशजंग रायमाझीले प्रयोग गरेको असंसदीय शब्द रेकर्डबाट हटाइयो

२६ बैशाख २०८०

२६ बैशाख, काठमाडौँ । राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले टोपबहादुर रायमाझी सम्पर्कमा नरहेको विषयलाई लिएर प्रयोग गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाइएको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोप लागेका एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि अझै फरार छन् । सोही विषयमा बोल्दै गत आइतबार राष्ट्रिय सभाको बैठकमा रमेशजंग रायमाझीले असंसदीय भाषा प्रयोग गरेका थिए ।

Advertisement
Advertisement

उनले भने, ‘एउटा माननीय देशलाई सूचना नदिइ, काठमाडौं आउँदै गरेको माननीय न देशभित्र न देश बाहिर कहाँ गएको भन्ने जानकारी नभएको हुँदा मैले खोजी गरेको हुँ ।’

सोमबार प्रमुख प्रतिपक्षी नेकपा एमालेले उक्त भाषामा आपत्ति जनाएको थियो । एमालेले आपत्ति जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिस्लिनाले पुनः सुन्ने र निर्णय लिने बताएका थिए ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमार्फत अध्यक्ष तिमिल्सनाले रमेशजंग रायमाझीको असंसदीय शब्द संसदीय रेकर्डबाट डिलिट गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

साथसाथै अध्यक्ष तिमिल्सनाले राष्ट्रिय सभामा बोल्दा नियमावली अनुसार शिष्ट र मर्यादित शब्दहरुको प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

Advertisement

आफूले बोलेको शब्द संसदीय रेकर्डबाट डिलिट भएपछि सांसद रमेशजंग रायमाझीले माननीय नै हराएकोले आफूले चासो राखेको बताए ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top