Nepal Times
Nepal Times
3
Shares

कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

२६ बैशाख, विराटनगर । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षामा कुल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज पहिलो परीक्षा बिहान ८ बजेदेखि सुरु भएको हो । बोर्डले परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिएको छ । साथै यस वर्ष ५६ हजारभन्दा धेरै विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुँदैछन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो त्यही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनेछन् ।

सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी (नन ग्रेड) आएको छ, त्यो विषयमा मात्र परीक्षा दिनुपर्ने व्यवस्था गरेको छ । अर्थात् ती विद्यार्थीहरुले जति वटा विषयमा एनजी ल्याएका छन्, ती विषयमा मात्रै परीक्षा दिन पाउने भएका छन् ।

यो भन्दा अघि दुई वा दुई भन्दा कम विषयमा मात्र एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यसै वर्ष दिन पाउने र दुई भन्दा बढी विषयमा एनजी ल्याएको अवस्थामा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यात्मक व्यवस्था थियो ।

यसो गर्दा गएको वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि शिक्षा मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो । परीक्षा जेठ ५ गतेसम्म चल्नेछ ।

परीक्षामा अमर्यादित क्रियाकलाप गरेमा विद्यार्थीको सबै परीक्षा रद्द गर्ने र एक वर्षसम्म कुनै पनि परीक्षा दिन नपाइने गरी कानुनी व्यवस्था गरेको बोर्डले जनाएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक तह घोषणा गरेका कारण यो परीक्षा माध्यमिक तहको अन्तिम परीक्षाको रुपमा लिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.