Nepal Times
Nepal Times
3
Shares

नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

नेताहरू कति भ्रष्ट रहेछन् शरणार्थी प्रकरणले देखायो : माधव नेपाल

२७ वैशाख, काठमाडौं।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले भ्रष्टाचारका फाइलहरु खोलिन थालेको भन्दै नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् भन्नेकुरा देखिएको बताए ।

उनले भने, ‘ उपप्रधान एवं गृहमन्त्रीको ध्यान आकर्षण गर्दछु, तपाईले खुट्टा कमाउनु हुँदैन, दृढताका साथ अघि बढ्नुस् । जुनसुकै व्यक्तिहरु जुनसुकै केसमा मुछिएका छन् भने बाँकी नराख्नुस् । नेपालको प्रतिष्ठामा आँच आउने खतरा भएको छ, नेपालको राजनीतिको भविष्य भनेर चिन्ता लागेर आउँछ । यी सबै प्रश्नको जवाफ एकपछि अर्को सबै भ्रष्टाचारका काण्डहरुका फाइल खुल्न थालेका छन्, यसले देखाउँछ की नेताहरु कति मात्रामा भ्रष्ट भएका रहेछन् । हाम्रो देशको राजनीति कुन तहसम्म गिरिसकेको रहेछ रु मानव तस्करी गर्ने काममा नेताहरुले नै अगुवाइ गर्ने गरेका छन् ।’

नेता नेपालले पछिल्लो समय सामाजिक सञ्जालको लहडमा नेताहरु मान्ने तर कसैको त्याग र बलिदान हेर्न भुल्ने गरेको बताए ।उनले देशको राजनीति कुन तहसम्म गिरेको रहेछ भन्नेकुरा भ्रष्टाचारका काण्डहरुले दिइरहेको बताए।

उनले भ्रष्टहरुलाई कारबाही गर्न खुट्टा नकमाउन पनि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरे । उनले नेपालको प्रतिष्ठामा आँच आउने खतरा बढिरहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.