विज्ञापनको पर्चा बाँडेपछि बालेनले कारबाही गरे

२९ वैशाख, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ । शुक्रवार काठमाडौं म्हानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्रीहरु बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो ।

पटकपटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरेपनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए । उनले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न÷नराख्न सूचना जारी गरेपनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताए ।

उनले शुक्रवार ६१ जनालाई कारबाही गरेको र आगामी दिनमा पुनः यस्त गल्ती भइरहे कारबाही झनै बढाउँदै जाने बताएका छन् । उनले भनेका छन् , ‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटकपटक अनुरोध र सूचना निकालेका थियौँ ।

यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरुलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौँ । पहिलो पटक भएकाले हामीले संस्थाहरुलाई ५ हजारको दरले जरिबाना गरेका छौँ ।

हामीले ६१ जनालाई लिएर आएका छौँ, उनीहरुलाई संस्थाबाइज ५ हजारका दरले जरिबाना गर्नेछौँ । अटेर गरिरहने हो भने जरिबानाको दायरा बढ्छ ।’ प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको भन्दै संलग्न संस्थाहरुलाई ५ हजार रुपैयाँ जरिबाना गरिएको बताएका छन् ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM
Scroll to Top