सुर्खेतको भेरी नदीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

वैशाख ३०,काठमाडौं ।

सुर्खेतको भेरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ।शनिबार बिहान भरीगंगा नगरपालिका ९ जहरेस्थित भेरी नदीमा डुबेर एक जना बालकको मृत्यु भएको हो। सोही ठाउँमा आफन्तको घरमा बस्दै आएका दार्चुला मालिकार्जुनका ११ वर्षीय सन्देश पार्कीको मृत्यु भएको हो।

नुहाउन जानेक्रममा बालक नदीमा डुबेका थिए। बालकलाई निकालेर उपचारको लागि मेहेलकुना अस्पताल लगिएको थियो।त्यहीँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top