×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

कर्नाटकमा मोदीलाई राहुलले लडाए / कांग्रेसले जित्दा भाजपालाई धक्का

३१ बैशाख २०८०

३१ वैशाख,एजेन्सी ।
भारतको कर्नाटक विधानसभा निर्वाचनमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)लाई अप्रत्यसित धक्का लागेको छ । गत साता भएको निर्वाचनको मत गणना अनुसार विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले विधानसभाका २२४ सिटमध्ये १३५ सिट जित्दै बहुमत हासिल गरेको छ । भाजपाले भने ६६ सिट जितेको छ ।

यता, जनता दल ‘सेक्युलर’ – जेडी(एस) ले १९ सिट जितेको छ। अन्य दलले ४ सिट जितेका छन् । कंग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो यात्रा’ र मानहानि मुद्दामा अदालतले दोषी ठहर गरेर उनको सांसद पद गुमेपछि भएको पहिलो चुनावमा कंग्रेसले सफलता हात पारेको हो । उनले भारत जोडो यात्राका क्रममा २१ दिन कर्नाटकमा बिताएका थिए ।

Advertisement
Advertisement

भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख प्रचारकका रूपमा कर्नाटकको चुनावमा उतारेको थियो तर यसपटक उनको ‘जादु’ चल्न सकेन् । जसका कारण भाजपाले त्यहाँको सत्ता गुमाएको छ । भाजपाको हारपछि त्यहाँका मुख्यमन्त्री बसवराज बोम्मईले राजीनामा दिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भने कर्नाटकमा विजय हासिल गरेकोमा कंग्रेसलाई बधाई दिएका छन् ।

कर्नाटकमा भाजपाले सरकार जोगाउन हरसम्भव कोसिस गरेको थियो । धर्मका आधारमा हिन्दु भोट बटुल्न चुनावको मुखमा भाजपाले मुस्लिम समुदायलाई दिँदै आएको आरक्षण कटौती गरेको थियो । तर यसको गलत परिणाम देखिएको छ । भाषणमा प्रधानमन्त्री मोदीले ‘जय बजरंगबली’ को नारा लगाएर मतदातालाई मतपत्रमा ‘हनुमानजीको तस्बिर’ सम्झेर भाजपालाई भोट दिन आग्रहसमेत गरेका थिए ।

चुनावी प्रचारप्रसार र रोड शोका लागि लगातार समय दिए पनि उनी सफल हुन सकेनन । यसअघि हिमाचल प्रदेशमा भएको चुनावबाट पनि भाजपाले सत्ता गुमाएको थियो । अहिलेको चुनावी परिणामलाई आगामी वर्ष हुने लोकसभा चुनावसँग जोडेर हेर्न थालिएको छ । भारतमा कंग्रेसको लोकप्रियता बढ्दै गएको र मोदीको लोकप्रियतामा ह्रास आएको टिप्पणी भइरहेको छ ।

चुनावको परिणामले कंग्रेस कार्यकर्ता उत्साहित देखिन्छन । सन् २०१४ यता खुम्चिँदै गएको कंग्रेस क्रमशः लयमा फर्किंदै गएको उनीहरूको भनाइ छ । छत्तीसगढ, राजस्थान, हिमाचलपछि कर्नाटकमा कंग्रेसको सरकार बन्दै छ । कंग्रेस कार्यकर्ताले चुनाव जित्नुको जस राहुल गान्धीलाई दिएका छन ।

चुनावी परिणामपछि राहुलले पनि कर्नाटकमा फैलाउन खोजिएको द्वैषको बजार सकिएको बताएका छन । ‘यो सबैको जित हो, द्वैषको पसल बन्द भएको छ, अब मायाको बजार खुलेको छ,’ उनले भनेका छन्, । दक्षिण भारतको प्रवेशद्वारका रूपमा परिचित कर्नाटकको चुनावी परिणाम कंग्रेसका लागि कुनै पनि ठूलो राज्यमा लामो समयपछि पहिलो पटक प्राप्त जित हो ।

यो जितसँगै कंग्रेसको मनोबल बढेको विश्लेषकहरूको भनाइ छ । अर्को वर्ष हुने लोकसभा निर्वाचनमा भाजपाको विपक्षमा रहेको दलहरुको नेतृत्व कांग्रेसले लिन सक्ने अनुमान छ । यद्यपि, अन्य दलका नेताहरु पनि नेतृत्वका लागि ‘लबिङ’मा छन्। मोदीको दुई कार्यकाल सकिन लाग्दा विपक्षीहरु अर्को वर्ष एकजुट भएर लाग्ने देखिएको छ ।

कांग्रेस नेता राहुल गान्धीलाई सन् २०२४ मा प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अहिले प्रस्तुत गरिएको छ । कर्नाटकका स्थानीय कांग्रेस नेताहरु पनि अब राहुलले २०२४ को लागि अन्य दललाई मनाएर ’कमान्ड’ सम्हाल्नुपर्ने मत राखिरहेका छन् । दिल्ली, पश्चिम बंगालमा कांग्रेस सत्तामा नभए पनि अरविन्द केजरीवाल, ममता बेनर्जी विपक्षी खेमामा नै छन् ।

बिहारका मुख्यमन्त्री नितिश कुमार पनि पछिल्लो समय भाजपाको साथ छाडेर अघि बढेका छन् । उनी पनि अहिले कांग्रेससहितका विपक्षी दलहरुसँग छलफलमा छन् । सन् २०२४ मा पनि भाजपाको प्रधानमन्त्री उम्मेदवार नरेन्द्र मोदी नै हुने प्रबल सम्भावना छ ।

Advertisement

भारतमा अहिले मोदीको ’क्रेज’ घटेको छैन । त्यसैले विपक्षीहरु मोदीको विरुद्धमा उठाउन अनुहारको खोजीमा छन् । कांग्रेसमा सो अनुहार भनेकै राहुल हुन् । यद्यपि चर्चामा ममता, नितिशको नाम भए पनि अन्य दल यस विषयमा खुलेका छैनन् ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top