×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बालेनको आक्रोशः भ्रष्टाचार गर्ने नेतालाई बागमतीमा चोपल्नूस्

३१ बैशाख २०८०

३१ वैशाख,काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुशन्धान अगाडि बढाएपछि यो प्रकरणका साथै भ्रष्टाचारका अन्य काण्डमा पनि सत्यतथ्य छानविन गर्न तथा दोष्ीालाई कारबाहीको दायरामा ल्याउन देशभरबाट दबाव अभियान सुरु भएको छ । शनिबार काठमाडौंमा पनि विभिन्न स्थानमा यस्ता कार्यक्रमहरु आयोजना भए ।

जसमा नागरिक अगुवादेखि, विद्यार्थी संगठनहरु, विभिन्न पेशाकर्मी तथा विभिन्न दलका नेताहरुसमेतले सहभागिता जनाए । उनीहरुले भ्रष्टाचारविरोधी नारा लगाए, भाषण गरे । सरकारलाई यसमा खुट्टा नकमाउन सुझाव दिदै खबरदारी गरे । भ्रष्टाचारविरुद्ध अभियान चलिरहदा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने भ्रष्टाचारको विरोधमा आन्दोलन गर्ने नेताहरूप्रति नै आक्रोश पोखेका छन् ।

Advertisement
Advertisement

मेयर शाहले शनिबार काठमाडौँ तथा देशका विभिन्न ठाउँमा गरिएका भष्ट्राचार विरोधी आन्दोलनलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत् आक्रोश पोखे । यस्ताखालका आन्दोलनहरू आफूले पहिलेदेखिनै देखेको र यसबाट केही परिवर्तन नआएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई बागमतीमा लगेर चोपाल्नुपर्ने बताएका छन् ।

सामाजिक संजालमा उनले लेखेका छन्, ‘भ्रष्टाचार विरुद्धको आन्दोलन ?? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नूस’, उनी अगाडि लेख्छन्, ‘यस्तो सडक नाटक धेरै देखिसक्यो हाम्ले । पत्याउदिनँ म चाहिँ । तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो।’

बालेनले यसरी सामाजिक संजालमै आक्रोश पोखिरहँदा धेरैले उनको टिप्पणी भने रास्वपाका सभापति रवि लामिछानेलक्षित भएको बुझेका छन् । किनभने बालेन र रविबीच अचेल सम्बन्ध ठीकठाक नरहेको चर्चा चल्ने गर्छ । यसअघि पनि बालेनले बेलाबखत लामिछानेलक्षित आलोचनात्मक टिप्पणी सामाजिक सञ्जालमा गरिरहेका हुन्छन् ।

शनिबारको प्रर्दशनलाई राजनीतिक रङ नदिइएपनि यो रास्वपा नेताहरुकै अगुवाईमा आयोजना गरिएको थियो । जसमा सहभागि हुन् रविले पनि सबैलाई अपिल गरेका थिए । भुटानी शरणार्थी प्रकरणपछि सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनमा रवि लामिछाने सडकमा ओर्लिदा बालेनले भने सडकमा आन्दोलन गर्नका लागि कसैलाई जनताले नेता नबनाएको टिप्पणी गरेका हुन् ।

यसअघि उनले नयाँ पूराना सबै नेता चोर भएको बताएका थिए । शनिबारको प्रदर्शनमा रवि लामिछानेसंगै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, हिसीला यमी, सांसद सुमना श्रेष्ठलगायतका विभिन्न राजनीतिक दल नेताहरु सहभागी भएका थिए । बालेनले सामाजिक संजालबाट भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएका नेताहरुलाई बाग्मतीमा लगेर चोप्नुपर्ने भन्दै कटाक्ष गरिरहँदा यता प्रदर्शनी स्थलमै पूर्वप्रधानमन्त्री डा. भट्टराई र हिसिला यमीमाथि सर्वसाधारणले आक्रोश पोखे ।

एक प्रदर्शनकारीले प्रदर्शनीकै क्रममा भने, ‘जसले छोरीलाई अमेरिका राखेर पढाएर हाम्रा भाईबहिनीलाई जबरजस्ती उठाएर मा¥यो ? त्यसले आएर भ्रष्टाचारविरुद्ध कुरा सिकाएर हुन्छ ।’उनले भट्टराईलाई प्रश्न गर्दै भने, ‘भ्रष्टाचार भनेको पैसा मात्र खानु हो ? बाबुराम भट्टराईको परिस्कृत रुप हो बालकृष्ण खाणहरु, ।

हिसिला यमीहरुको परिस्कृत रुप हो मञ्जु खाणहरु । यो अवस्था होइन व्यवस्था परिवर्तन गर्नुपर्छ । यिनीहरुको विरुद्धमा जबसम्म उठ्दैनौं हामी बाहिरकाले हेप्छन् । भुटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन् ।

Advertisement

भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे हिरासतमा छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । पछिल्लो समयमा रकम दिएको अडियो सार्वजनिक हुँदासमेत प्रहरीले शीर्ष नेताका श्रीमतीलाई पक्राउ नगरेको, भ्रष्टाचारको अन्य काण्डहरु छानबिन नगरेको भन्दै नागरिकहरुले आपत्ति जनाएका छन् ।

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top