टी–२० विश्वकप छनोटको आयोजना नेपालले कसरी हात पार्याे ?

३१ वैशाख, एजेन्सी ।
एक दिवसरीय विश्वकप क्रिकेटको छनौट, एसिया कप तथा इर्मिजङ कपका खेल पक्का गरिसकेको नेपालले विश्वकप छनोट, एसिया कप पछि टी–२० विश्वकप छनोट खेल्ने तय भएको छ । र त्यो पनि आफ्नै घरेलु मैदानमा । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुशार आइसिसीले नेपाललाई एसिया कप छनोट प्रतियोगिताको जिम्मा दिएको छ।

नेपालले पहिलो पटक आइसिसीको यति ठूलो प्रतियोगिता आयोजना गर्ने अवसर पाएको हो । क्रिकेट प्रति नेपालीले देखाएको चासो, पछिल्लो समय सुधार भएको खेल पूर्वाधार, थपिएको एक क्रिकेट रंगशाला, प्रिमियर कपको सफल आयोजना लगायतका कारण आईसिसीले नेपाललाई आयोजनाको जिम्मेवारी दिइएको विश्लेषण गरिएको छ ।

छनोट प्रतियोगिता आयोजनाका लागि युएई, कतार र ओमानले पनि प्रस्ताव पेश गरेका थिए। तर नेपाललाई आइसिसीले छनोट प्रतियोगिताका लागि जिम्मा दिएको छ। प्रतियोगिता नोभेम्बर पहिलो सातादेखि गर्ने तयारी गरिए पनि अहिलेसम्म मिति भने पक्का भइसकेको छैन।

Advertisement

एसियाका आठ टिमबीच हुने छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुर मैदान र मुलपानी मैदानमा गराउने क्यानको भनाइ छ। मुलपानीले केही समय अघि सम्पन्न प्रिमियर कपका दौरान अन्तराष्ट्रिय खेल मैदानको मान्यता पाएको थियो । अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी–२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।

पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा हुन लागेको टी–२० विश्वकपमा पहिलोपटक २० टिमले सहभागिता जाउँदैछन्। २०२४ को टी–२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्नुपर्नेछ। गत वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन्।

Advertisement

जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन्। अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेका छन्। अमेरिकाले पहिलो टी–२० विश्वकप खेल्दैछ। विश्व वरीयताका आधारमा अफगानिस्तान र बंगलादेश पनि छनोट भईसकेका छन् । अब बाँकी आठ स्थानका लागि क्षेत्रीय छनोट हुनेछ।
क्षेत्रीय छनोटबाट
अफ्रिका – २ टिम
अमेरिका – १ टिम
एसिया – २ टिम
इस्ट एसिया प्यासेफिक – १ टिम
युरोप – २ टिम
एसियाको अन्तिम छनोटमा नेपालले स्थान बनाइसकेको छ। अन्तिम छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर र बहराइन अन्तिम छनोटमा पुगिसकेका छन्। यहाँबाट दुई टिम टी–२० विश्वकप २०२४ मा पुग्ने। अब प्रारम्भिक छनोटबाट दुई टिम एसिया छनोटको अन्तिम चरणमा पुग्नेछन्।

एसियाको पहिलो चरणको समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन्। दुवै समूहको शीर्ष टिम एसिया छनोटमा पुगी नेपाल लगायतका टिमसँग विश्वकप छनोटका लागि खेल्नेछन् ।पहिलो चरणको छनोट आगामी अगस्टपछि हुनेछ।

त्याहाबाट २ टिम छनोट भएपछि एसियाको अन्तिम चरणको छनोट नोभेम्बरमा नेपालमा हुनेछ। क्षेत्रीय छनोटबाटै टी–२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधानसँगै नेपालले एसिया छनोट खेल्न लागेको हो। यो छनोटको शीर्ष दुईमा पर्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top