Nepal Times
Nepal Times
3
Shares

अन्धविश्वासको पराकाष्ठ ! जिससलाई भेट्न देहत्याग २०१ शव भेटियो, ६०० बेपत्ता

अन्धविश्वासको पराकाष्ठ ! जिससलाई भेट्न देहत्याग २०१ शव भेटियो, ६०० बेपत्ता

३१ वैशाख, एजेन्सी ।
पूर्वी अफ्रिकी राष्ट्र केन्यामा इसाई धर्मका प्रवर्तक जिसस क्राइस्टसँग भेट्ने चाहनाका कारण सयौँ व्यक्तिहरूले सामूहिक देहत्याग गरेपछि यो विषय विश्वव्यापी बनेको छ । प्रलयको दिनमा विश्वास राख्ने क्रिश्चियन सम्प्रदायका सयौँले सामूहिक ‘आत्महत्या’ गरेका हुन् । यो मामिलामा आत्महत्या गर्नेको संख्या २०० नाघेको हो ।

प्रहरीले सामूहिक आत्महत्या गरेकाध्ये २०१ जनाको शव निकालेको छ । यो घटना भएको स्थानमा अझै ६ सयभन्दा धेरै हराइरहेको त्यहाँको प्रहरीले जनाएको छ । प्रलयको दिनमा विश्वास गर्ने यस सम्प्रदायसँग सम्ब्धित व्यक्तिहरूले सुरुमा बालबालिकाहरुलाई भोकभोकै राखेर मारिएको बताएका छन् ।

उनीहरुमध्ये प्रहरीले यही शनिवार थप २२ जनाको शव भेट्टाएको छ । ‘हाम्रो फरेन्सिक टोलीले शनिबार २२ वटा शव निकालेको छ । यहाँ हामीले कसैलाई जीवित फेला पारेका छैनौँ’, स्थानीय आयुक्त रोडाह ओन्यान्चाले भनेका छन् । केन्याको दक्षिण–पश्चिमी क्षेत्रस्थित शाकाहोला जङ्गलमा क्रिश्चियन समुदायको सामूहिक आत्महत्याको घटना भएको हो ।

त्यहाँ प्रहरीले खोजीकार्य गरिरहेको छ । केन्यास्थित यो समुदायका एक पास्टरले टाइम्स पत्रिकालाई बताएअनुसार सामूहिक आत्महत्याका धेरै चरणमा योजना बनाइएको थियो । आत्महत्याको योजना बनाएका यिनै पास्टरले प्रहरीलाई सघाइरहेका छन् । उनका अनुसार सुरुमा बालबालिकालाई भोकै राखेर ज्यान लिइएको थियो ।

बालबालिकाको ज्यान लिएपछि महिलाले आत्महत्या गरे । अन्तिममा घरका पुरुषले पनि आत्महत्या गरे । त्यसपछि यो सम्प्रदायका अगुवा पास्टर पल म्याकेन्जीको परिवारले पनि आत्महत्या गरेका छन् । यो प्रकरणमा योजना बनाउनेमध्ये पल म्याकेन्जी अहिले पक्राउ परेका छन् । उक्त जंगलबाट बरामद गरिएका केही शव प्रहरीले पोस्टमार्टम गरेको छ ।

प्रहरीका अनुसार आत्महत्या गरेकाहरुमा भोक, श्वास फेर्न नसकेको र कुटपिट पनि भएकव विवरण संकलन गरेको छ । पल मकेन्जीले जिसससँग भेट्नका लागि भोकभोकै बस्नुपर्छ भनेर प्रवचन दिएपछि सयौँ मानिसहरूले भोकभोकै देहत्याग गरेको प्रहरीले बताएका छन् ।

गत महिना मुख्य अभियुक्त ठहर पादरी पल मकेन्जी पक्राउ परिसकेका छन् । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले आतंकवादसम्बन्धी मुद्दा लगाउने योजना बनाएको छ । तटीय क्षेत्र किलिफीमा मकेन्जीले ८ सय एकडको जमिनमा इसाई धर्म र जिसस क्राइस्टबारे प्रवचन दिन्थे । सो क्षेत्रमा मृत व्यक्तिहरूलाई गाडेको अवस्थामा भेटिएको हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.