आजदेखि दुई साता सम्म मेलम्चीको पानी वितरण बन्द हुने

१ जेठ ,काठमाडौं ।

Advertisement

मेलम्ची खानेपानी आयोजनाले दुई साताका लागि काठमाडौंमा पानी वितरण बन्द गर्ने भएको छ। बाढीले क्षतिग्रस्त तुल्याइको हेडवर्क्समा उपकरण आदि राख्नका लागि पानी पथान्तरण रोकिएको परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए।

२०७८ असार १ र साउन १६ गते भ्रेमाथाङबाट उत्पत्ति भएको भेलबाढीले मेलम्चीको बाँध क्षेत्र लगायत संरचना हेडवर्क्स तहसनहस बनाएको थियो। सरकारले दुई वर्षदेखि अस्थायी तवरले काठमाडौंमा पानी पथान्तरण गररिहेको छ।बाढी लगत्तै परियोजनाले चैत मसान्तमा काठमाडौंमा पानी पठाएको थियो भनेर यस वर्ष मंसिरदेखि नै पानी आइरहेको छ।

Advertisement

बाँध क्षेत्रको ठीक माथि पर्ने दोरिङको पहाडै पहिरोको जोखिममा रहेकाले उसले बाँध क्षेत्र त्यहाँ नबनाउन प्रारम्भिक रूपमा सुझाव दिएको परियोजनाले बताएको छ।हेडवर्क्सबारे एशियाली विकास र परियोजनाले पनि अध्ययन गरिरहेकाले चालु अवस्थामा रहेको प्रणालीलाई नै व्यवस्थित गर्न लागिएको परियोजनाले बताएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top