×

NEPAL TIMES UPDATES

Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026

टोपबहादुर निलम्बित,सांसद पद खुस्कियो

१ जेष्ठ २०८०

१ जेठ, काठमाण्डौ ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख घिमिरेले एमालेका सांसद रायमाझी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा पक्राउ परेको जानकारी गराएका हुन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीले गरेको व्यवस्थाअनुसार सांसद रायमाझी पक्राउ परेको जानकारी गराएका हुन् ।

’गजेन्द्र बुढाथोकीसमेतको जाहेरीले वादी नेपाल सरकार, प्रतिवादी केशव दुलालसमेत भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा अनुसन्धानको क्रममा माननीय टोपबहादुर रायमाझीलाई मिति २०८०÷१÷३१ गते राति अन्दाजी ८ः२५ बजेको समयमा जिल्ला काठमाडौं बूढानीलकण्ठ नगरपालिका ४ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएको व्यहोरा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम जिल्ला प्रहरी परिसर टेकुको पत्रबाट सूचना प्राप्त भएको,’ सभामुखले संसद्लाई जानकारी गराउने क्रममा भनेका थिए ।

Advertisement
Advertisement

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ मा सांसद पक्राउ परेमा संसद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ । रायमाझीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको खण्डमा सांसद पद निलम्बन हुनेछ । मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन् ।

यसअघि कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधि सभामा दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान थियो । तर पछिल्लो प्रतिनिधिसभाको नियमावली वमोजिम जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको खण्डमा सांसद पद निलम्बन हुनेछ ।

Advertisement

आइतबार राति पक्राउ परेका रायामाझीलाई अनुशन्धानका लागि अदालतले प्रहरीलाई ३ दिनको समय दिएको छ । ११ दिन अघि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top