१२ को परीक्षामा अमर्यादित कार्य गरेपछी ३ जना केन्द्राध्यक्ष कारबाहीमा

०२ जेठ ,काठमाडौँ ।

राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । वैशाख २९ र ३१ गते गते सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई कारबाही गरेको बोर्डले जनाएको छ ।बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएर छोडेको छ ।

टेक्सास इ मावि, मित्रपार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो । त्यस्तै कैलाशकुट बहुमुखी क्याम्पस, मित्रपार्क, काठमाडौँ र कुमारी आवासीय मा वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएको छ ।

Advertisement

कक्षा १२ को वार्षिक परीक्षा गत वैशाख २६ गतेदेखि सञ्चालन भइरहेको छ । परीक्षामा विभिन्न खालका अमर्यादित कार्यबारे विभिन्न खाले समाचारहरू सार्वजनिक हुँदै आएका छन् । मोबाइलमार्फत प्रश्न पत्र खिचेर बाहिर पठाउने र त्यहीबाट उत्तर लेखेर पठाउने गरेको भन्दै विभिन्न ठाउँबाट सूचना सार्वजनिक भइरहेका छन् ।

सामाजिक सञ्जालमा अनधिकृत आइडी तथा पेजहरू सृजना गरी गलत तथा भ्रमपूर्ण सूचनाहरू समेत प्रवाह भइरहेको बोर्डले जनाएको छ । त्यस्तो भ्रम फैलाउने कार्य नगर्न समेत सबैलाई सचेत गराएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

सम्बन्धित समाचार

Scroll to Top