×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारत भ्रमणमा कस्तो नयाँ रेकर्ड बनाउँदैछन् प्रचण्ड ?

६ जेष्ठ २०८०

६ जेठ, काठमाण्डौ ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्रीको कुर्सीमा बिराजमान भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो आफ्नो अन्तिम पारी भएको मात्रै बताएनन्, यो कार्यकाललाई अनन्तसम्म सम्झनलायक बनाउँने गरि काम गर्ने पनि प्रतिबद्धता जनाएका थिए ।

त्यसपछिका भाषणहरुमा पनि उनले रेकर्ड बनाउँने गरि आफ्नो सरकारले काम गर्ने बताउँदै आएका छन् । यद्यपी प्रचण्ड सरकारले अहिलेसम्म त्यस्तो रेकर्डै बनाउँने गरिको काम गरेको भने देखिदैन । तर रेकर्ड बनाउँछु भन्न पनि उनले छाडेका छैनन् ।

Advertisement
Advertisement

आज पनि काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले रेकर्ड बनाउँने भाषणलाई निरन्तरता दिए । प्रधानमन्त्री दाहालले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरे । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।

यस्तै आजै बिहान राजधानीमा आयोजित हाफ म्याराथनको कार्यक्रम उद्घाटन गर्दै पनि प्रधानमन्त्री प्रचण्डले यसपटकको भारत भ्रमण विशेष हुने दाबी गरेका छन् । ‘खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता–जनताबीचको सम्बन्धका दृष्टिकोणले नेपाल र भारतको सम्बन्ध विशिष्ट छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने छ।’

प्रचण्डले आफ्नो आगामी भारत भ्रमण ऐतिहासिक हुने दाबी गरेका हुन् । निश्चित मिति तय भइनसकेको भए पनि प्रधानमन्त्री यही जेठ १७ गते भारत भ्रमणमा जानेगरी परराष्ट्र मन्त्रालयले तयारी थालेको छ । उनले भने, ‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं। अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं।’उनले थपे ‘कतिपय शक्तिहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने प्रयास भइरहेको छ यसलाई रोक्न परिवर्तन पक्षधर शक्तिहरू एक हुनुपर्छ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले देशको एकता र परिवर्तनको रक्षाको संकल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको पनि बताए । उनले हिजोका दिनमा भएका राष्ट्रिय एकता, सहमति र सहकार्यलाई जीवन्त तुल्याउन सकिन्छ भन्ने उद्देश्यले नै दलहरू बीच छलफल चलिरहेको पनि जिकिर गरे ।

उनका अनुसार शीर्ष नेताहरू बीच हुने गरेका छलफल पनि तिनै विषयका साथै संसदका विभिन्न समितिहरु, संक्रमणकालीन न्याय र गणतन्त्र विरोधी प्रवृत्तिलाई निरुत्साहित गर्न मै केन्द्रित हुने गरेको छ । त्यसैले शीर्ष दलको बैठकलाई शंकाको दृष्टिकोणले नहेर्न उनले आग्रह पनि गरेका छन् । ट्रेड युनियनकोे कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले तीन दलको बैठक सदनभित्र सत्ता पक्ष र प्रतिपक्षबीच समझदारी कायम गर्न मात्रै बस्ने गरेको बताएका हुन् ।

केपी शर्मा ओली, शेरबहादुर देउवा र आफ्नो नक्कली भुटानी शरणार्थी प्रकरणमा भित्र र बाहिर दोषीलाई कारबाही र निर्दोष नफसुन् भन्ने नै रहेको जानकारी गराए । प्रचण्डले आन्दोलनलाई सामसुम पार्न र कसैलाई बचाउन शीर्ष नेताको बैठक नबसेको प्रष्ट पारे । उनले अनुसन्धानका क्रममा दोषी देखिएकालाई हदैसम्मको कारबाही हुने बताए ।

Advertisement

भर्खरको समाचार

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top