Nepal Times
Nepal Times
720
Shares

१२ दिनपछि मञ्जुलाई बालकृष्णको याद आएपछी …

१२ दिनपछि मञ्जुलाई बालकृष्णको याद आएपछी …

८ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाँण १२ दिनपछि टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् । बालकृष्ण २७ बैशाखमा पक्राउ परेकोमा मञ्जु पहिलोपटक उनलाई भेट्न पुगेकी हुन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार सोमबार बिहान मञ्जु टेकु पुगेकी हुन् । खाँणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ । यसअघि आफुमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु नगएको बताइन्छ ।

तर, अनुसन्धान अन्तिम चरणमा पुगेको र आफुविरुद्ध तत्काल सोधपुछ नहुने पक्का भएपछि उनी भेट्न गएको हुनसक्ने धेरैको आँकलन छ । बालकृष्णका दाजुभाउजु, भाइलगायत आफन्त पुगेपनि मञ्जु भने गएकी थिइनन् । यो प्रकरणमा मञ्जुको पनि नाम जोडिएको थियो ।

तर प्रहरीले प्रमाण नपुगेको भन्दै उनलाई भने अनुसन्धानको दायरामा ल्याएको छैन् । खाँण निजीसचिव नरेन्द्र केसीसँगै चावाहिलस्थित निवासबाट पक्राउ परेका थिए । खाँण पक्राउ पर्दा पनि मञ्जु घरमा थिइनन् । यसअघि मञ्जु विदेश गएको हल्लाका बीच उनी जेठ ४ गतेको प्रतिनिधिसभा बैठकमा उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाँणलाई भेट्न पुगेकी हुनु । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ । संलग्नता पुष्टि हुन नसकेका थप व्यक्तिमाथि दोस्रो चरणमा अनुसन्धान गरी पूरक अभियोग लैजाने प्रहरीको तयारी छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो । प्रतिवेदनको अन्तिम फाइल तयार नभएकाले आइतबार प्रहरीले प्रतिवेदन बुझाउन सकेको थिएन । आज सकेसम्म चाँडै प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एएसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

यस्तै आइतबार मात्रै थप पाँच जनाले आङटावा शेर्पाविरूद्ध जाहेरी दिएका थिए । योसँगै जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरीको संख्या १२५ पुगेको छ । यस प्रकरणमा इन्द्रजित राईका छोरा निरज, बादलका छोरा प्रतिकसहित १६ जना अझै फरार रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.