NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

शरणार्थी प्रकरणमा हाईप्रोफाइल भनिएका खाँण र रायमाझीमात्रै हुन् ?

मङ्लबार जेष्ठ ९ , २०८०
Reading Time: 1 min read
A A
शरणार्थी प्रकरणमा थप दुई ठूला माछा खोज्दै प्रहरी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेताहरुलाई जोगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलले निकै दबाव दिएपनि अन्ततः गृहमन्त्रीको नेतृत्वमा नेपाल प्रहरीले प्रतिवादीहरुलाई राज्यविरुद्धको अपराधसम्मको कसुर लगाइने सिफारिससहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

पक्राउ परेका १६ जना र फरार सूचीका अन्य १६ जनालाई विभिन्न ५ वटा मुद्दा चलाउनु पर्ने निष्कर्षसहित प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको छ । अब सरकारी वकिल कार्यालयले आगामी १० गतेभित्र यो मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गरिसक्नुपर्नेछ ।

सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार पक्राउ पर्नेहरुलाई राज्यद्रोह, ठगी र संगठित अपराधसहितका मुद्दा चल्न सक्ने छन् । केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) र राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउन सक्ने उनले बताए । सार्वजनिक पदमा पुगेकालाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी फाइल अघि बढाइएको छ ।

LS Auto

यो मुद्दामा सत्तारुढ नेपाली कांग्रेस र प्रतिपक्षी एमालेका नेताहरुले व्यक्तिगत रुपमै प्रहरीलाई दबाब दिइरहेका प्रहरी स्रोतले बताएको छ । तर प्रहरीले राजनीतिक नेतृत्वको चर्को दबाबबीच गम्भीर अपराधसहितको कसुरमा फाइल अघि बढाएको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले यो प्रकरणमा विशेष चासो राख्दै प्रहरीलाई तारन्तार फोन गरेको कुरा यसअघि नै सार्वजनिक भएको थियो ।

एमाले अध्यक्ष केपी ओलीले पनि आफ्ना नेतालाई पूर्वाग्रह राखेरै फसाइएको भन्दै त्यसको प्रतिकार गर्नेसम्मको चेतावनी दिएका थिए । दबाव निकै आएपछि पहिला अडानमै रहेका प्रधानमन्त्री प्रचण्ड पनि पछिल्लो चरणमा गल्दै गएको देखिएको प्रहरी अधिकारीले नै बताएका छन् ।

अन्य दलका ठूलै नेताहरुले तारान्तार कल गरेर थ्रेट दिने गरेको अनुशन्धानमा खटिएका अधिकारीहरु बताउँछन् । खासगरि रायमाझी र खाँणको मुद्दा कमजोर बनाउनुपर्ने दबाब आएको उनीहरुले बताएका छन् । यसैबीच पूर्वगृहमन्त्री एवम् एमाले उपाध्यक्ष रामबहादुर थापा बादलको नाम पनि मुद्दाको फाइलमा मुछिएको छ ।

पक्राउ परेका बिचौलियाहरुले थापालाई नगद नै बुझाएको बयान दिएका छन् । यस्तै उनी गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको मोबाइलबाट पनि रकम लेनदेनका साथै नक्कली शरणार्थी बनाउन संलग्न रहेको प्रमाण फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ ।

यस्तै, इन्द्रजितबाटै हाल अख्तियार प्रमुख रहेका पूर्वगृहसचिव प्रेमकुमार राई संलग्न भएको प्रमाण प्रहरीले जुटाएको दाबी स्रोतको छ । बिचौलियाले नगद लगेर तत्कालीन सचिव राईको गाडीमा राखिदिएको बयान दिए पनि उनीविरुद्ध मुद्दा चल्ने सम्भावना कम छ । तर उनको पनि नाम यो मुद्दामा जोडिन पुगेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा र मञ्जु खाँणले पनि रकम बुझेको बिचौलियाले दाबी गरेका थिए । म्यासेजमा समेत दुवैजना मुछिएको अनुसन्धान अधिकारी बताउँछन् । तर अब उनीहरु पनि यो प्रकरणबाट करिब जोगिएका छन् । तत्काललाई उनीहरुको नाम यो प्रकरणमा नजोडिने भएको छ ।यद्यपी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित ५ जनाविरुद्ध पनि पूरक अभियोजन लैजान बाटो खुला गर्दै प्रहरीले प्रतिवेदन बुझाएको छ ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला थापा, पूर्वगृहसचिव एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमालेका पूर्व प्रदेश सांसद अजयक्रान्ति शाक्य र एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको समेत नाम प्रतिवेदनमा उल्लेख गरिएको छ । उनीहरुविरुद्ध थप प्रमाण जुट्नासाथ पूरक अभियोग लैजान बाटो खुल्ला गरिएको हो ।

शरणार्थी प्रकरणको सुरुवात बादल गृहमन्त्री र प्रेमकुमार राई गृहसचिव हुँदा भएको थियो । बादल र राईले नै शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भन्दै कार्यदल गठन गरेका थिए ।यसैबीच एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तको नामै लिएको अडियो छताछुल्ल हुँदापनि सत्तापक्षले ढाकछोप गरेको आरोप लगाएका छन् ।

Tags: #नक्कली भुटानी शरणार्थी प्रकरण#शरणार्थी प्रतिवेदन#हाईप्रोफाइल भनिएका खाँण

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.