‘आरआरआर’ का चर्चित अभिनेताको निधन

Share this
756shares

९ जेठ, एजेन्सी ।
‘आरआरआर’ अभिनेता रे स्टिभेन्सनको निधन भएको छ। रे स्टिभेन्सन गत वर्ष एसएस राजामौलीको एक्शन ब्लकबस्टर आरआरआरमा ब्रिटिश गभर्नर स्कट बास्टनको रूपमा देखिएका थिए। यसबाहेक उनी फिल्म ‘थोर’मा पनि देखिएका थिए।

Advertisement

यद्यपि ५८ वर्षीय अभिनेताको मृत्युको कारण भने खुलाइएको छैन। रे स्टिभेन्सनको आइतबार निधन भएको हो। ‘आरआरआर’को क्यारेक्टरका कारण भारतमा पनि उनको राम्रो पहिचान भयो। फिल्मबाहेक अलावा रे स्टिभेन्सन टिभीको दुनियाँमा पनि निकै सक्रिय थिए। रे स्टीभेन्सनको पूरा नाम जर्ज रेमन्ड स्टीभेन्सन थियो।

उनी मे २५, १९६४ मा उत्तरी आयरल्याण्डको लिस्बर्नमा जन्मिएका थिए। रे फिल्म ‘किंग आर्थर’मा देखा परेका थिए र रोम (२००५–२००७) शृङ्खलामा टाइटस पुलोको भूमिका निभाएका थिए। यस बाहेक उनी किल द आयरिशम्यान (२०११) जस्ता फिल्मका लागि पनि परिचित थिए।

Advertisement

रे स्टिभेन्सनले डेक्सटर, ब्ल्याकबर्ड र ब्ल्याक सेल्स जस्ता वेब सिरिजमा काम गरेका थिए। रे स्टिभेन्सनले आफ्नो करिअर १९९८मा ‘द थ्योरी अफ फ्लाइट’बाट सुरु गरेका थिए। फिल्ममा उनको सानो भूमिका थियो।

रे स्टिभेन्सनको २१ मेमा निधन भएको जनाइएको छ।उनी इटालीको क्यासिनोमा सुटिङ गरिरहेका थिए। उनको ५९औं जन्मदिनको चार दिनअघि नै निधन भएको थियो। ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले रे स्टिभेन्सनको मृत्युमा ट्वीट गर्दै लेखेका छन्, ’आश्चर्यजनक… यो खबर पत्याउन सक्दिनँ।

Advertisement

रे सेटमा आफूसँग धेरै ऊर्जा लिएर आउनुहुन्थ्यो। उनीसँग काम गर्नु एक अद्भुत अनुभव थियो। हाम्रो प्रार्थना उहाँको परिवारसँग छ। उहाँको आत्माले शान्ति पाओस्।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top