×

NEPAL TIMES UPDATES

Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026

प्रचण्डको भ्रमण अघि भारतीय मन्त्रीले राजदूतलाई किन भेटे ?

११ जेष्ठ २०८०

११ जेठ, काठमाण्डौ ।
भारतको राजधानी दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंखर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्। राजदूत शर्मा २०७८ चैत्र १८ मा दिल्ली पुगेका थिए। उनी राजदूत भएको गएको यति लामो समयपछि मात्रै भारतीय विदेश मन्त्रीले भेट दिएका छन् ।

राजदूत शर्मा र मन्त्री एस जयशंखरबीच बिहीबार भेटवार्ता भएको हो। उक्त भेटपछि सामाजिक सञ्जाल ट्विटरमा मन्त्री जयशंकरले बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन्। ‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको बारेमा छलफल भयो।

Advertisement
Advertisement

आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको पटक पटक स्थगित हुँदै आएको भारतमा हुने भनिएको भ्रमण यही १७ गतेदेखि हुने तय भएसँगै भारतीय विदेश मन्त्रीले राजदूतसँग भेट गरेको बुझिएको छ ।

भेटमा प्रधानमन्त्रीको भारत भ्रमणको तयारी लगायतका विषयमा समेत कुराकानी भएको हुन् सक्ने बताइएको छ । दुवै देशका अधिकारीहरुको परामर्शमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म तय भएको बताइएको छ । तर भ्रमणको मिति औपचारिक रुपमा सार्वजनिक भने भइसकेको छैन ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । उक्त द्विपक्षीय भेटवार्तापछि दुई मुलुकबीच सहकार्य, सहमति र सम्झौता हुने बताइएको छ  । त्यसपछि उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन् ।

जेठ १९ गते उनी मुम्बई जाने र २० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको परराष्ट्र स्रोतले बताएको छ । प्रधानमन्त्री प्रचण्डले गत वैशाखमै भारत भ्रमणको तयारी गरेका थिए । तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण उनले भ्रमणको मिति पछि सारेका थिए ।

Advertisement
Advertisement

प्रधानमन्त्री भएलगत्तै प्रचण्डले आफ्नो पहिलो भ्रमण भारतबाटै हुने सार्वजनिक रुपमा बताएका थिए । पहिलो पटक प्रधानमन्त्री हुँदा सन् २००८ मा भने पहिलो भ्रमण चीनबाट गरेका थिए । दाहाल सन् २०१६ मा दोस्रो पटक प्रधानमन्त्री हुँदा पनि आफ्नो औपचारिक विदेश भ्रमण भारतबाटै गरेका थिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top