Nepal Times
Nepal Times
3
Shares

विद्यालयमै करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएपछी राजविराजमा प्रदर्शन

विद्यालयमै करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएपछी राजविराजमा प्रदर्शन

१२ जेठ, काठमाण्डौ ।

सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् ।राजगढ गाउँपालिका १ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए।

शुक्रबार विद्यालयले नियमित रूपमा खेदकुद प्रतियोगिता आयोजन गर्दै आएको छ ।करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगेपछि चिकित्सकले बिहान ८  बजे मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

विद्यालयले नै विजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त घटना भएको भन्दै विद्यार्थीहरु छानबिन र क्षतिपूर्तिको माग गर्दै केही बेर सडक जाम र टायर बालेर गरेर प्रदर्शन गरेका थिए । अहिले अवस्था साम्य भएको डिएसपी सिंहको भनाइ छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.