१२ जेठ, काठमाडौँ ।
यो साता पनि सेयर बजारका लागि उत्साहपूर्ण नै रह्यो । १८ सय ७७ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ८१.८ अंकले बढ्दै १९ सय ५९.१२ अंकको विन्दुमा उक्लिएको छ ।
साथै यो साता कारोबार रकम समेत बढोन्नती हुँदै ४ अर्ब ८५ करोड ६५ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यद्यपि, यस साता चार दिन मात्र सेयर कारोबार भएको छ । बिहीबार सार्वजनिक बिदा परेकाले कारोबार हुन सकेन ।
यद्यपि, अघिल्लो हप्ता पाँचै कारोबार दिन खुलेको बजारमा ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।यस्तै यो साता मार्केट क्यापिटलाइजेशन सेयर पुँजीकरण समेत १ खर्ब १९ अर्ब ३३ करोड ४० लाख रुपैयाँले बढ्दै २८ खर्ब ५८ अर्ब ६ करोड २० लाख रुपैयाँमा पुगेको छ ।
अघिल्लो साताको अन्तिम दिन यस्तो मार्केट क्यापिटलाइजेशन ५६ अर्ब २३ करोड ७० लाख ६६ हजार रुपैयाँले बढ्दै २७ खर्ब ३८ अर्ब ७२ करोड ८० लाखरुपैयाँ कायम भएको थियो ।