Nepal Times
Nepal Times
3
Shares

जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

जनता समाजवादी पार्टी (जसपा) को प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

१२ जेठ ,काठमाडौँ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रवार प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेका हुन्।प्रदीप पर्सा – १ बाट निर्वाचित सांसद हुन्।

यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी वन मन्त्री बनेका थिए । यादव अध्यक्ष उपेन्द्र निकट मानिन्छन् ।२०६४ मा उपेन्द्र नेतृत्वको तत्कालीन मधेसी जनअधिकार फोरम प्रवेश गरेका उनी २०६६ मा फोरमको पर्सा जिल्ला उपाध्यक्ष भएका थिए । २०६७ मा फोरमको पर्सा जिल्ला अध्यक्ष भएका उनी हाल केन्द्रीय सदस्य छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.